सुन तस्करीमा फरार रहेका एसएसपी खत्रीले गरे आत्मसमर्पण

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७५, बिहीबार १५:१२

बिराटनगर / करिब ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएर फरार रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

खत्रीको खोजीमा अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । खत्रीले जिल्ला अदालत मोरङमा आज आत्मसमर्पण गरेका हुन् । खत्रीको अदालतका न्यायधिस नारायण शर्माको इजलासमा बयान जारी छ । बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त बनाइएका गोरे भनीएका चुडामणि उप्रेतीले तस्करीमा आपूmभन्दा पनि एसएसपी खत्री पक्रेपछी थेरै तथ्य जानकारी हुने बयान अदालतमा दिएका थिए । उनले खत्री पक्राउ परेपछि तस्करीको सबै सञ्जाल खुल्ने गोरेले बयानमा उल्लेख गरेका छन् ।
विमानस्थलमा रहँदादेखि गारेसँग खत्रीले एक किलो सुन पास गराउँदा ५० हजार रुपैयाँ लिने गरेको गोरेको बयान उल्लेख रहेको छ । गोरेका अनुसार विमानस्थलबाट खत्रीले करिब ५ सय केजी सुन पास गराएको र त्यसवापत २ करोड रुपैयाँ लिएका थिए । सुन तस्करीको अनुसन्धान गरिरहेको गृहमन्त्रालयको छानविन समितिले तस्करमिा नाम मुछिएपछि बयानको लागि बोलाउँदा खत्री फरार भएका थिए ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।
पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२ ०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसबेला नै गोरेले तस्करीको सेटिङ मिलाएको देखिएको ।

सुन काण्ड प्रकरणमा ६ जना प्रहरी अधिकृतसहित २९ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् भने ३२ जना अझै फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.