AArya
RUMPUM
animated ellipse animated ellipse

सनमकी आमा भन्छिन् –मेरो छोरालाई गोरेले नै मारेको हो , गोरेलाई, जन्मकैद होस्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ जेष्ठ २०७५, सोमबार १९:१०
3
Shares
उर्लाबारी / ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त गोरे भनिएका चुडामणि उप्रेतीको बयान सकिएको छ ।

मृतक शाक्यकी पत्नी सुनिता लावतीको किटानी जाहेरीका आधारमा यस मुद्दामा जोडिएका ६५ जनाविरुद्ध अभियोग पत्र दर्ता थियो । २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । अन्य फरार सूचीमा रहेका छन् ।

यसैबीच, मृतक शाक्यका परिवारले गोरे लगायत यस घटनामा जोडिएका सबैलाई जन्मकैद हुनु पर्ने बताएका छन् । आमा कल्पना शाक्यले छोरा मारेर गए पनि गोरे पक्राउ परेपछि आत्माले शान्ति पाएको बताइन् । उनले हत्यामा जोडिएका गोरेल लगायतलाई जन्मकैदको माग गरिन् ।

शनम हत्या आफूले नगरेको अहिले बयानहरुमा झुटो कुरा बताएर गोरे उम्कनु खोजीरहेको पनि सनमको आमाले बताईन् । घरबाट निस्कनु अघि सनमले मलाई केही भएमा गोरेलाई पक्रनु भनेर भनेको पनि उनले बताईन् । आफूलाई छोरा सुन कारोवारमा लागेको थाहा नभएको पनि उनले बताईन् ।

मृतक शाक्यका काकाले भने क्षतिपूर्ति दिनुपर्ने दाबी गरेका छन् । गोरेको रोक्का गरिएको सम्पत्तिबाट भए पनि क्षतिपूर्ति दिनुपर्ने उनको माग छ । गोरेले यस काण्डमा मुछिएका सबैको नाम बताएर अपराधी उम्कन नदियोस् भन्ने उनको चाहना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर