सगरमाथा स्कूलमा नयाँ विद्यार्थीलाई स्वागत

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७५, सोमबार १७:४८

विराटनगर / विराटगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कूलले स्कूलमा भर्ना भएका नयाँ विद्यार्थीलाई आज सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

स्कूलले शैक्षिक सत्र २०७५ का लागि भर्ना हुन आएका ३ सय ५० जना विद्यार्थीलाई स्वागत गरेको हो । उनीहरुलाई स्कूलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सास्कृतक कार्यक्रमको आयोजना गरी मनोरञ्जन दिएका थिए । कार्यक्रको सभातित्व स्कूलका प्रिन्सिपल विनोद अधिकारीले गरेका थिए । कार्यक्रमको उदघाटन स्कूल व्यवस्थापन समितिका अध्यक्ष बासुदेव न्योपानेले गरेका दिए ।

कर्यक्रममा स्कूलका अभिभावक तथा यूवा अभियानकर्ता बसन्त अधिकारीले विद्यालयले छोटो समयमा प्राप्त गरेको उपलव्धि , देश व्यापिरुपमा चर्चा भएको र स्कूल अभिभावक मैत्री , शिक्षक मैत्री र विद्यार्थी मैत्री रहेको चर्चा गरे ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.