पूर्वाञ्चल खबर
शैक्षिकसत्र २०७४ को हरेक कक्षाबाट प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई समेत पूरस्कार तथा प्रसंसापत्र वितरण गरिएको छ ।
शैक्षिक पूरस्कार तर्पm कक्षा नर्सरीदेखि यूकेजी सम्मकै उच्चतम अंक ल्याउने छात्रा शुभश्री मानन्धर लाई नगद पूरस्कार २ हजारका साथै शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र, कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्र सनिसा शाक्यलाई पनि नगद पूरस्कार ३ हजारका साथै शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र र कक्षा ६ देखि ९ सम्मको उच्चतम अंक ल्याउने छात्र अभियान पाठक लाई पनि नगद पूरस्कार ५ हजारका साथै शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रसंसापत्र हात पारेका छन् । उनीहरुलाई स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
स्कूलमा हरेक कक्षामा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई मासीक शुल्कमा व्रmमशः ७५५, ५०५ र २५५ छुट दिने ब्यवस्था पनि गरिएको स्कूले जनाएको छ ।
पूरस्कारकै व्रmममा स्कूलकै उत्कृष्ट ब्वायकोे उपाधी सुभाङ रायमाझी, उत्कृष्ट गल्र्सको उपाधी यूरीका दाहाल र उत्कृष्ट अलराउण्डरको उपाधी रक्षा कट्वालले प्राप्त गरेका थिए । त्यसै गरी विद्यालयमा उच्च नियमितताको आधारमा दिइने शिक्षक तर्फको पूरस्कार सतप्रतिसत हाजिरीका साथ शिक्षक द्धय गणेश गौतम र बिनोद चौधरीले हासिल गरेका थिए ।
हाउस तर्पm हरेक बुधवार हुने कार्यव्रmम तथा अन्य सम्पुर्ण शैक्षिक गतिविधीको आधारमा धेरै अंक प्राप्त गरेर ब्लू हाउस विजेता भएको थियो । उक्त कार्यव्रmममा स्कूलका प्रिन्सिपल भट्टराईले पूरस्कार पाउने बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए । यस संपुर्ण कार्यव्रmमको ब्यवस्थापनका साथै उद्घोषण स्कूलका सञ्चालक एवं आइसीसी प्यानल अम्पायर बुद्विबहादुर प्रधानले गरेका थिए ।