पूर्वाञ्चल खबर
ट्रेड युनियन कांग्रेस मोरङ र जापान इन्टरनेशनल फाउण्डेशन जिलाफको सहयोगमा विराटनगरमा आज आयोजित कार्यक्रममा नेता डा.कोइरालाले निति तथा कार्यक्रमको विषयमा मौन वसेर कांग्रेसले संशक्त प्रतिपंक्षको भुमिका निर्वाह गर्न नसकेको उल्लेख गरे ।
निति तथा कार्यक्रम जस्ता महत्वपुण विषयमा कांग्रेसले एउटा निश्चित भुमिका निर्वाह गर्न सक्नु पर्ने उनको भनााई थियो । उनले निर्वाचनमा पराजय हुदैमा कांग्रेसप्रती जनताको आस्था र विश्वासमा कमि नआएको वताए ।
उनले जुनसुकै वेला लोकतन्त्र अपठायारोमा पर्न सकने भएकाले यसलाई जोगाउने दायित्व ट्रेड युनियन कांग्रेसको भएको वताए । डा. कोइरालालले संघिय समाजवादी फोरम र राजपाले सरकार समर्थन दिइ सकेकाले लोकतन्त्र वचाउने दायित्व कांग्रेसको भएको वताए ।
उनले आफनै कारण कांग्रेसले चुनाव हारेकाले पाँच वर्षसम्म अव कांग्रेस प्रतिपंक्षमा वसेर काम गर्ने उल्लेख समेत गरे । पार्टीलाई संगठित वनाउन नयाँ शिरावाट पार्टी आगाडी वढनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन एक नम्वर प्रदेशका अध्यक्ष नारायणवावु कार्की, पूर्व सांसद पुष्कर आचार्य, नेपाली कांग्रेस जिल्ला सचिव नागेश कोइराला ट्रेड युनियन मोरङ जिल्ला अध्यक्ष सुशिल कोइरालले पार्टीलाई संगठित वनाएर लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रमा मोरङ जिल्लाका ट्रेड युनियनमा आवद्ध एक सय भन्दा वढि मजदुरहरुलाई एक दिने जिवन निवार्ह सम्वन्धि तालिम समेत प्रदान गरिएको थियो ।