मोतीपुरलाई फेरी बालविवाह मुक्त घोषणा

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७५, शनिबार १९:३३

विराटनगर / नेपालकै पहिलो बालमैत्री घोषणा केही समय अगाडी ग्रामथान गाँउपालीकाको वडा नम्बर ५ लाई बाल मैत्रीघोषण गरिएको थियो ।

नेपाल कै पहिलो बालमैत्री घोषणा भएपछि धेरैको ध्यान केन्द्रित भएको थियो । आज त्यही उदाहणीय योग्य काम देखेर ग्रामथान गाँउपालीका वडा नम्बर ४ मोतीपुरलाई फेरी बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

ग्रामथान गाँउपालीका तेतरीया मोरङ वडा नम्बर ४ मोतीपुरले आज एक कार्यक्रमको आयोजना गरी बाल मैत्रीको महत्वपुर्ण सुचक बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

प्लान ईन्टरनेशनल नेपाल र मानव अधिकार तथा वातावरण मञ्च (फरेन) विराटनगरको आर्थिक सहयोगमा ग्रामथान गाँउपालीका वडा न ४ लाई वालविवाह मुक्त घोषणा गरिएको हो ।
ग्रामथान गाँउपालीकाको वडा नम्बर ४ मा करीब २० जना भन्दा बढी किशोरीहरुको बालाविवाह रोकेको वडा अध्यक्ष वैजनाथ विश्वासले जानकारी दिए ।

उनका अनुसार अघिल्ला वर्षहरुमा हुने गरेका वार्षिक सरदर ९÷१० जना किशोरीहरुको बाल विवाहलाई अन्त्य गरेको र उनीहरुको भविष्यको उज्जवल बनाईने छ । वडा नम्बर ४ का १ हजार १ सय ७१ घरधुरीका बालबालिका र अभिभावक प्रत्यक्ष लाभान्वित भएको र ७ सय ५० जना भन्दा बढी विद्यालयस्तरमा अध्ययरत बालबालिका बालविबाह अन्त्य अभियानमा जुटेका थिए । वडालाई बाल विवाह रोक्न १२ वर्ष अगाडीदेखि अभियान चलाएको थियो ।साथै ग्रामथान गाँउपालीका वडा नम्बर ४ ले आगामी २ वर्षभित्र बालमैत्री घोषणा गर्ने योजना रहेको छ ।

वालविवाह मुक्त घोषणा समारोहका प्रमुख अतिथी एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमीरेले वडालाई वालविवाह मुक्त घोषणा गरेको भन्दै सह्रारणीय र प्रशंसनिय रहेको बताए । मन्त्री घिमीरेले वडा नम्बर ४ ले मात्र हैन अब आगामी दिनमा अन्य वडाहरुले पनि बालमैत्री घोषणा र बालविवाहको अन्त्य गरिनु पर्ने बताए ।

यसका अलवा साक्षातार अभियान तथा दाईजो प्रथालाई अन्त्य गराउन सबै वडा तथा गाँउपालीकाहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रदेश नम्बर एकका सभासद विजय विश्वास, ग्रामथान गाँउपालीकाका अध्यक्ष शिवनारायाण माझी, जिल्ला समन्वय समितिका सदस्य पलिस विश्वास,ग्रामथान गाँउपालीकाकी उपाध्यक्ष फुलकुमारी चौधरी, गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीलगायतले बाल विवाह मुक्त घोषणा भएको वडा प्रति प्रशसाा योग्य रहेको भन्दै शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५