जनतालाई प्रत्यक्ष लाभ हुने कार्यमा प्रदेश सरकार अगाडि वढ्ने– मन्त्री कुसियत

खबर पूर्वाञ्चल, १ जेष्ठ २०७५, मंगलवार १९:३५

विराटनगर / १ नम्बर प्रदेशका उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्री जगदशीप्रसाद कुसियतले जनताको आर्थिक सम्वृद्धि कायम गर्न वन पैदावरको समुचित प्रयोगमा ध्यान दिनु पर्ने वताए ।

उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालय १ नम्बर प्रदेशको आर्थिक वर्ष २०७५/७६ बार्षिक योजना तर्जुमा गोष्ठीको अवसरमा उनले आगामी योजनामा जनतालाई प्रत्यक्ष लाभ हुने कार्यमा प्रदेश सरकार अगाडि वढ्ने जानकारी दिए ।

मन्त्री कुसियतले मुलुक संघीयतामा गैसकेको अवस्थामा प्रदेश सरकार जनताको इच्छा, चाहना र सुझाव अनुसार विकास तथा आर्थिक सम्वृद्धि कायम गर्ने कटिवद्ध रहेको वताए । १ नम्बर प्रदेशका मुख्य सचिव सुरेश प्रधानले जनताले अनुभूति हुने किसिमको वन पर्यटनलाई उद्योगमा प्रयोग गरी गरीवी निवारण गर्ने कार्यमा जोड दिए । आगामी दिने गर्नु पर्ने कार्य , प्राथमिक निर्धारण,सहजीकरण, जन समाधान, योजना सम्पादन गर्दा पारदर्शीता अपनाउनु र वजेट तर्जुमा गर्नु गोष्ठीको उद्देश्य रहेको छ।

प्रदेश मन्त्रालयका सचिव ईश्वरचन्द गौतम र जिल्ला वन अधिकृत धनकुटा कृष्ण वस्तीले जनताको सम्वृद्धिमा वनको उपयोगका सम्वन्धमा वोले ।

एक दिने उक्त गोष्ठीमा १ न्म्बर प्रदेशका १४ जिल्ला वन कार्यालय , जिल्ला भूसरक्ष कार्यालय, राष्ट्रपति चुरे तराई संरक्षण समिति, नेपाल परिवहन तथा गोदाम व्यस्था र प्रदेश नं १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्ने कार्यालयका प्रमुख र प्रतिनिधि गरी दुई सय जनाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.