पूर्वाञ्चल खबर
शंकास्पद बस्तु बम भएको हुनसक्ने भन्दै राजमार्ग अवरूद्ध भएको हो । आज नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बन्दको घोषणा गरेको र सोही अनुसार शंकास्पद बस्तु राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । २, ३ दिन अघि मात्र इटहरी स्थित नेपाली सेनाको ब्यारेक अगाडी बम बिष्फोट भएको थियो ।
सडकको केन्द्र भागमा शकास्पद वस्तु फेला परेपछि आज बिहान सात बजेदेखि सो सडक अबरुद्ध भएको मोरङ प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली शंकास्पद वस्तु भएको स्थानमा पुगेको प्रहरीले जनाएको छ ।