पूर्वाञ्चल खबर
महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । दुर्घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानाएको छ । मृतकमध्ये बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मात्रै सनाखत हुन सकेको छ ।
दुर्घटनाका २५ घाइतेमध्ये १६ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ भने ९ जनालाई बुटवललगायतका अस्पतालमा रिफर गरिएको प्यूठान प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको टोली खोज तथा उद्धार कार्यमा सक्रिय रहेको प्यूठान प्रहरीले जनाएको छ ।