AArya
RUMPUM
animated ellipse animated ellipse

आईपीएलमा सन्दिपको पहिलो शिकार पार्थिव पटेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ बैशाख २०७५, शनिबार २२:३०
3
Shares
फाइल तस्वीर
विराटनगर / इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नेपाली यूवा क्रिकेटर सन्दिप लामिछानेले डेब्यू खेलमा पार्थिव पटेलको विकेट लिए ।

दिल्ली डियरडेभिल्समा आवद्ध उनले भारतीय कप्तान विराट कोइलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरका प्राम्भिक ब्याट्सम्यान पार्थिवलाई एलबीडब्लूको धरामा पारे । पार्थिवले ६ रन बनाए लामिछानेको आइपीएलमा पहिलो शिकार भए । बैंग्लोरविरुद्ध कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए । पहिलो ओभरमा २ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा पार्थीवले सन्दिपलाई चौका प्रहार गरे भने चौथो बलमा पार्थिवलाई एलबीडब्लू धरापमा पारे ।

समूह चरणबाटै बाहिरीने सम्भावना रहेकोे दिल्ली आज नेपाली यूवा बलर सन्दीपलाई मैदानमा उतारेको हो । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहेका लामिछानेले आज खेल्ने मोका पाएका हुन् ।

११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ । दिल्लीले ११ खेल खेल्दा पनि उनी टिममा परेका थिएनन्। दिल्ली अझै गणितिय हिसाबले प्लेअफमा पर्नसक्ने सम्भावना कामयै छ । दिल्लीले ११ मध्ये ३ खेल मात्र जितेको छ । अबका खेल फराकिलो अन्तरले जित्नु आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर