पूर्वाञ्चल खबर
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बारेमा कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेपनि केन्द्रीय सदस्य डा. कोइरालाले मोदीको भ्रमणलाई स्वागत योग्य र सकारात्मक रुपमा लिएको बताए । स्थानीय संचारकर्मीहरुसग आज कुरा गर्दै डा. कोइरालाले मोदीको भ्रमणलाई लिएर विभिन्न टिका टिप्पणी गर्नुको अर्थ नरहने स्पस्ट पारे ।
नेपालमा भारतले ६ महिने लामो नाकाबन्दी गरेपछि मोदीको यो भ्रमणलाई लिएर सामाजिक सञ्जालहरुमा नकारात्मक टिका टिप्पणी आइरहेका छन् । समाजिक सञ्जालहरुमा नेपालका प्रधानमन्त्री केपी ओली विरुद्ध विष बमन गरि लम्पसारवादको व्यडगहरु पोष्ट भैरहेका छन् ।
भारतीय प्रधानमन्त्रीको भ्रमण स्वागत योग्य छ डा. कोइरालाले भने , यो भ्रमणलाई नेपालको अधिकतम हित हुने गरि भारतसँग भएको सन्धि सम्झौतालाई कार्यान्वयन गर्न जोड दिएमा हामीलाई फाइदा पुग्छ । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले दुर्इ देश विचको मित्रता थप बलियो र प्रगाढ बन्ने डा. कोइरालाले विश्वास व्यक्त गरे । प्रधानमन्त्री मोदी भोली शुक्रवार जनकपुर आउँदैछन ।
अर्को एक प्रशंगमा डा. कोइरालाले मोदीको भ्रमणको सुरक्षाको लागी भारतले ३० जना व्लायक क्याट कमान्डो पठाएर नेपालको सुरक्षा नीतिलाई चूनौती दिएको प्रतिक्रिया दिए । मोदी दुई पटक नेपाल आउनु भो , त्यो वेला भारतीय कमान्डो आवश्यक परेन तर यसपटक जनकपुर आउँदा किन कमान्डो पठाउनु पर्यौ डा कोइरालाको प्रश्न थियो , यसले नेपालको सुरक्षा नीति फितलो भएको आभाष मिलेको छ । त्यस्तै कोइरालाले मोदीलाई दुई स्थानमा नागरिक अभिन्नदन गर्नु पर्ने आवश्यकता नरहेको बताए । जनकपुरमै नागरिक अभिनन्दन गरेपछि काठमाण्डौमा गर्नुपर्ने थिएन डा. कोइरालाले भने जनकपुर पनि नेपाल हो , एउटै देशमा १ पटक गरेपछि फेरी गर्नुपर्ने जरुरी थिएन ।