AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोदीलाई जानकी मन्दिरमा ओलीले स्वागत गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०७५, मंगलवार ०७:१३
3
Shares
फाइल तस्वीर
जनकपुर/परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर आएर सरोकारवाला निकायसँग छलफलपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण तालिका सार्वजनिक गरेका छन् ।

जनकपुरमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, भारतीय राजदूत, नेपाल प्रहरीका आइजिपी, जनकपुर उपमहानगरपालिकाका मेयरसँगको छलफलपछि परराष्ट्रमन्त्री ज्ञवालीले मोदीको भ्रमण तालिका सार्वजनिक गरेका हुन् । ज्ञवालीले मोदीको जनकपुर भ्रमणमा स्वागत्, जानकी मन्दिर दर्शन, द्विपक्षीय विकासका एजेन्डा, नागरिक अभिनन्दनलगायत सम्बन्धमा औपचारिक जानकारी गराएका थिए ।

मोदीको नेपाल भ्रमण तालिका

२८ वैशाख बिहान ९ बजे भारतीय वायु सेनाको हेलिकोप्टरबाट मोदी जनकपुर विमानस्थल वा बाह्रबिघामा अवतरण गर्नेछन् । प्रधानमन्त्री ओलीको हेलिकोप्टर भने जनकपुर चुरोट कारखानमा ल्यान्ड गर्नेछ । मोदीलाई हेलिकोप्टरबाट उत्रेलगत्तै रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्नेछन् ।

विमानस्थलबाट मुरली चोक, भ्रमपुर चोक हुँदै रामानन्द चोक र रामानन्दबाट जानकी चोक हुँदै जानकी मन्दिर पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् । त्यसपछि मोदी र ओलीले करिब ३० मिनेट जानकी मन्दिरमा विशेष पूजापाठ गरी जानकी मन्दिरकै प्रांगणमा रामायण सर्किटको उद्घाटन संयुक्त रूपमा गर्नेछन् ।

रामायण सर्किटसँगै जनकपुर अयोध्या बससेवालाई हरियो झन्डा देखाएर सञ्चालन गर्नेछन् । जुन बस भारतीयले नै ल्याउनेछन् । बसलाई हरियो झन्डा देखाएर प्रधानमन्त्री ओली काठमाडौं लाग्नेछन् भने मोदी बाह्रबिघा जानेछन् । जहाँ मोदीलाई नागरिक अभिन्दन ग्रहण गरिनेछ ।

नागरिक अभिन्दनपश्चात् करिब साढे १० बजे मोदीले सम्बोधन गर्नेछन् । त्यसपछि मोदी काठमाडौं प्रस्थान गर्नेछन् । भारतीय प्रधानमन्त्री सम्मिलित प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच काठमाडौंमा औपचारिक वार्ता हुनेछ ।

वार्तापछि सहमतिमा हस्ताक्षर गर्दै ओली र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । राष्ट्रपति, उपराष्ट्रपतिसँग औपचारिक भेटवार्ता सकेर मोदी भोलिपल्ट मुक्तिनाथ दर्शनमा जानेछन् । त्यसपछि काठमाडौं फर्केर मोदी भारत प्रस्थान गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जनाए ।

जनकपुरका लागि केही घोषणा हुने संकेत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले जनकपुर क्षेत्रको सांस्कृतिक पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । नागरिक अभिनन्दनपछि सम्बोधनको क्रममा मोदीले विशेष प्याकेज घोषणा गर्ने आंकलन गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि गृहकार्य भइरहेको जनाए । त्यसका लागि प्रदेश सरकारले भने कुनै गृहकार्य गरेको छैन । प्रदेश सरकारका एकमन्त्रीले भने, ‘संघीय सरकारले नै जनकपुरलाई ध्यानमा राखेर केही प्रस्ताव भारतीय पक्षलाई गर्ने तयारी गरिरहेको जानकारी दिएको छ, त्यसकारण प्रदेश सरकारले छुट्टै कुनै प्रोजेक्ट तयार गरेको छैन ।’

भारतीय हेलिकोप्टर सीधै जनकपुरमा
मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको हेलिकोप्टर दिल्लीबाट सीधै जनकपुर आएको छ ।

फर्कने क्रममा भने काठमाडौं हुँदै दिल्ली गएको प्रहरीले जनाएको छ । मोदीको भ्रमण सम्बन्धमा भारतीय सेनाको हेलिकोप्टर दोस्रोपटक जनकपुरमा अवतरण भएको हो । लगत्तै भारतीय र नेपाली सुरक्षाकर्मीबीच बैठक बसेको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर