AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

त्रिभुवन विमानस्थलबाट डेढ केजी सुनसहित ६ चिनियाँ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०७५, सोमबार ०६:०९
3
Shares
काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपालबाट चीन जान लागेका चिनियाँ नागरिक एक पुरुष र पाँच महिलाको साथबाट प्रहरीले यो सुन बरामद गरेको हो ।

‘चीन जान लागेका ६ जना चिनियाँ नागरिकको साथबाट १४ सय ग्राम सुन बरामद भएको छ’, विमानस्थल प्रहरी स्रोतले भन्यो, ‘सुनसहित एक पुरुष र पाँच महिलालाई नियन्त्रणमा लिएका छौँ ।’ यो सुनसहित चिनियाँहरु चीनको फुलिङ जान लागेका थिए ।

उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । भन्सारको प्रक्रिया पूरा गरेर उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाउने छ । अन्नपूर्ण पोस्टमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर