RUMPUM
animated ellipse animated ellipse

जुटमिलको अनियमितताबारे छानविन हुन्छ –मन्त्री यादव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७५, शनिबार २१:०२
3
Shares
विराटनगर /दुई महिना सञ्चालन भएर पुनः बन्द भएको ऐतिहासिक विराटनगरजुटमिलको अनियमितताबारे छानविन हुने भएको छ ।

जुटमिलको अनुगमनमा आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले जुटमिलमा भएको अनियमितताको विषयमा छानविन गरिने र त्यसपछि जुटमिल सञ्चालन गर्न पहल गर्ने बताए ।

पटक–पटक बन्द हुँदै सञ्चालन गरिँदै आएको देशकै जेठो उद्योग विराटनगर जुटमिल्स पुनः सञ्चालनमा आउने भएको छ । विराटनगर जुटमिलको स्थलगत अनुगमनमा आएका मन्त्री यादवले जुटमिलको खास समस्या समाधान गरेर जुटमिल सञ्चालनमा ल्याउने बताए । तर, विगतमा भएका अनियमितता र भ्रष्टाचारको विषयमा छानविन गर्न समिति गठन गर्ने पनि मन्त्री यादवले प्रतिबद्धता जनाए ।

विराटनगर जुटमिलको सामान्य सञ्चालन गत कार्तिकको पहिलो सातादेखि गरिएको थियो । तर, विभिन्न प्रक्रिया पुरा नगरेको र शेयर घोटला भएको सार्वजनिक भएपनि मिल पुनः बन्दको अवस्थामा छ । मिलको अनुगमनमा पुगेका मन्त्री यादवले कर्मचारी, नेता, मन्त्री आफैं खुस खाने भएको कारण सरकारी सम्पत्तीको दुरुपयोग भएको बताए ।

अनुगमन पछि आयोजित कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद शिवकुमार मण्डलले मिल सञ्चालन गर्ने नाममा जुटमिलका सामान बेचेर खाने अपराधि भएको बताए । सांसद मण्डलले जुनसुकै पार्टीका नेता भएपनि सार्वजनिक सम्पत्तीमा रजाईँ गर्ने अपराधिलाई कारबाही गर्नुपर्ने बताए ।

मिल सञ्चालकको तर्फबाट कुरा गर्दै सञ्चालक समिति सदस्य किशोर शाहीले जग्गा अतिक्रमण भएको, मिलका सरसामान हराएको, कर्मचारीले तलब नपाएको, ८० लाख मालपोत, डेढ अरब विद्युत्को वक्यौता पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बन्द रहेको जुटमिल सञ्चालन भए हजारौंले रोजगारी पाउने स्थानीयको भनाइ छ । जुटमिलका कतिपय बहुमूल्य सामान हराएको छ भने भवन तथा त्यहाँका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् । सरकारले जुटमिल्स सञ्चालन गर्ने विषयमा चासो देखाएको छ । उक्त चासो र जनताको सरोकार रहेको विराटनगर जुटमिल सञ्चालन भए रोजगारीको अवसर सिर्जना हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर