पूर्वाञ्चल खबर
केहिबेर अगाडि सम्पन्न भएको मतगणनामा सम्यूक्त प्यानलले अग्रता लिएको छ । सम्यूक्त प्यानलका अध्यक्षका उम्मेद्वार विक्रम लुइटेलले १ सय ३७ मत ल्याउँदा स्वतन्त्रका गोपाल देवानले १९ मत ल्याए । उपाध्यक्षमा सम्यूक्त प्यानलका सोमनाथ सुसेलीले ८५ मत तथा स्वतन्त्रका विजय खतिवडाले ६८ मत ल्याए । त्यस्तै महासचिवमा प्रेस सेन्टरका विवेक गौतमले १सय २४ मत र कमन देवान २९ मत ल्याए । यसैगरी महिला उपाध्यक्षमा संयुक्त प्यानलकी स्मीता निरौलाले १ सय ३० मत र मनिता ताम्लिङले १९ मत ल्याएकी छिन् । समावेशी सचिवमा संयुक्त प्यानलका बुद्धवीर राईले १ सय २७ मत र सन्तवीर लामाले २६ मत ल्याए ।
त्यस्तै खुल्ला सदस्यमा डिल्लिराम खतिवडा –१ सय ४१ म्त , तिर्थ सिग्देल –१ सय ३६ मत , बुद्धिप्रसाद लामिछाने–१ सय २२ मत, बिपेन्द्र गौतम –१ सय ३५ मत, शशी कोइराला –१ सय २८ मत र फिपराज बेघा –५२ मत ल्याए । त्यस्तै मधेशी सदस्यमा ब्राह्मदेव यादवले –१ सय ३२ मत, जयकृष्ण यादवले –९८ मत र श्यामसुन्दर सुतिहार –५४
ल्याएका छन् ।
मतदान आज विहान ८ बजेदेखि४ बजे भएको थियो ।त्यस पछी मतगणना शुरु भएको हो । प्रदेश नम्बर १ का १४ वटा जिल्लाहरुमा आज मतदान भएको हो । १ सय ८५ मतदाता रहेको मोरङमा १ सय ५७ मत खसेको निर्वाचन समितीले जनाएको छ ।
आज भएको मतदान पकृयाबाट ५ पदाधिकारी र ७ सदस्यका लागि १९ जना चुनावी मैदानमा उत्रेका थिए । २१ सदस्य रहने प्रदेश समितिकालागि १४ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।
निर्विरोध निर्वाचत हुनेहरुमा कोषाध्यक्षमा प्रेस चौतारीकी उम्मेदवार अम्बिका भण्डारी, महिला सदस्यहरू युनियनकी रेजिना गौतम, चौतारीकी तीलकुमारी शर्मा र प्रेस सेन्टरकी रिता मोक्तान, दलित सदस्यमा चौतारीका सन्तोष रुचाल र अल्पसंख्यकमा युनियनका इकवाल अहम्मद रहेका छन् ।
यस्तै आदिवासी जनजाति सदस्यहरु गणेश साम्पाङ राई र केशवकुमार लामा पनि निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश समिति निर्माणका लागि पत्रकारहरुको ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त उम्मेदवारी दिएका थिए ।
ठूला संगठनको सहमति अमान्य रहेको भन्दै संघीय प्रेस फोरम नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार समुह, संघीय पत्रकार युनियन र नेपाल ख्रिस्चियन पत्रकार संघले पनि केहि पदमा उम्मेद्वारी दिएका छन् ।
महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति २, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदीयीय समिति निर्माण हुने उल्लेख छ
यसैगरी ५ जना पदका लागि निर्वाचन हुने खुल्ला सदस्य पदमा ६ जनाको उमेद्वारी परेको छ ।
३ जना महिला सदस्यका लागि ३ जनाको मात्र उमेद्वारी रहेको र १ जना दलित सदस्य कोटामा १ जनाको मात्र उमेद्वारी परेको थियो ।
यसैगरी २ बटा कोटाको आदीवासी जनाजाति मा २ जनाको, २ पदको मधेशी कोटामा ३ जनाको र १ जनाको अल्पसङख्यक÷अपाङग कोटाको लागि १ जनाको मात्र उमेद्वारी परेको छ ।