AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरमा मदिरा व्यवसायलाई व्यवस्थीत वनाउँछु– मेयर पराजुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७५, आईतवार १७:३०
3
Shares
विराटनगर । विराटनगर महानगरपालिकाको संयोजकत्वमा महानगर स्तरिय मदिरा व्यवस्थापन समिति गठन भएको छ ।

विराटनगर महानगररपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा आइतवार सम्वन्धित विभिन्न कार्यालयका अधिकृत सहितको ११ सदसिय समिति वनेको हो । गठित समितिले विराटनगर महानगरपालिका भित्र रहेका मदिरा पसलहरुको अनुगमन र नियमन गर्ने छ ।

महानगरपालिकामा भएको कार्यक्रममा मदिरालाई कसरी व्यवस्थीत गर्न सकिन्छ भनेर विराटनगर महानगरका मेयर भीम पराजुलीले मदिरा निशेधित अभियानका अभियन्ता ,सुरक्षाकर्मी र कर्मचारीहरु संग सुझाव समेत लिएका थिए । अस्पताल, विद्यालय, मन्दिर, मस्जिद वरपर रहेका मदिरा पसलहरु नियम सम्मत अनुसारको दुरीमा छन् या छैनन् त्यो पनि अनुगमन गरिने मेयर पराजुलीले जानकारी दिए । उनले महानगर भित्र रहेका सवै मदिरा पसललाई व्यवस्थित र कानुनअनुरुप चलाउने वताए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विराटनगर महानगरले गर्न खोजेको मदिरा व्यवस्थापन कार्य समय सापेक्ष रहेको वताए । उनले महानगरको यो अभियानमा सवै संयन्त्रवाट सहयोग गर्ने आश्वासन समेत दिए । शुरक्षा निकायका प्रमुख ,धार्मिक गुरु तथा विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर