AArya
RUMPUM
animated ellipse animated ellipse

लिखत प्रमाणिकरण बिधेयक सर्वसम्मत पारित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ बैशाख २०७५, मंगलवार १७:४०
3
Shares
फाइल तस्वीर
विराटनगर / १ नम्बर प्रदेशसभा संसदबाट सार्वजनिक लिखत प्रमाणिकरण विधेयक –२०७४ सर्वसम्मत रुपमा पारित भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले गत बिहीबार बसेको प्रदेश सभाको वैठकमा उक्त विधेयक पेश गरेका थिए । संसदमा आवश्यक छलफलका लागि दिइएको ७२ घण्टाको समयमा कसैले पनि संशोधन प्रस्ताव नराखेपछि आजको बैठकले सर्वसम्मत ढंगले विधेयक पारित गरेको हो । संसदमा गत शुक्रबार पेश भएको गाउँसभा र नगरसभा संचालनका लागि बनेको कार्यविधि विधेयक बुधबार पारित गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सञ्चालनका लागि एक नम्बर प्रदेशका मन्त्रालयहरुले धमाधम कानुन बनाउन जुटिरहेका छन् । सार्वजनिक लिखत प्रमाणिकरण विधेयक पारित भएसँगै प्रदेश नं १ को सरकारले पास गरेको विधेयकको संख्या तीन पुगेको छ । अन्य एक दर्जनबढी विधेयकको मस्यौदा तयार भएर सदनमा टेवल गर्न मन्त्रीपरिषद्बाट सैद्धान्तिक सहमति जुटाउने प्रक्रिया सुरु भएको प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर