पूर्वाञ्चल खबर
पथरीशनिश्चरे फिटनेस आफ्नो स्थापना दिवसको अवसरमा पारेर प्रत्येक बर्षमा ब्रेन पेस्ट कम्पिटिसन गर्दै आएको छ । कल्वको सोमबार तिन ओटा समुहमा दोस्रो ब्रेन पेस्ट कम्पिटिसन सम्पन्न गरेको छ । जस्मा पहिलो समुहमा लाईट समुहमा ६५ केजिमा मौसम राई पहिलो र सिमोन राई दोस्रो भए भने दोस्रो मिडियम समूहमा ७० केजिमा उचाल्दै सन्तोष राई प्रथम र सागर लिम्बु दोस्रो भएका छन् । त्यस्तै तेस्रो समूह ह्याबी समुह १२५ केजि उच्चाल्दै गत बर्षका च्याम्पीयन श्याम राई प्रतियोगिताको च्याम्पीयन बनेका छन भने १०० केजि उच्चाल्दै तेजन धिमाल दोस्रो स्थान हात पारेका छन ।
विजयी प्रतिस्प्रदीहरुलाई १ हजार नगद ट्रफि, प्रमाणपत्र, र न्युटेसन १ बट्टा प्रदान गरिएको छ ।
प्रतियोगितामा वडा अध्यक्ष बाबुराम एङदेन ५० केजि उच्चालेर कार्यक्रमको उद्धघाटन गरेका थिए। विजयी खेलाडीलाई नगद वडा अध्यक्ष एङदेनले र फुट सब्लिमेन्ट (न्युटेसन) बेसिक जिम उर्लाबारीका प्रोपाइटर भगेन्द्र भट्टराईले सौजन्य गरे।