AArya
RUMPUM
animated ellipse animated ellipse

दुतावासमा बम बिस्फोटन गराउँने दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७५, सोमबार १३:१०
3
Shares
विराटनगर/ गत बैसाख ३ गते भारतीय दुतावासको क्याम्प अफिसमा नजिकै बम पडकाएको आरोपमा प्रहरीले दुई जना विप्लप माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर– १३ मा रहेको राजदुतावास सम्पर्क कार्यालयको पश्चिम तर्फ रहेको खुल्ला चौरमा बम बिस्फोट गराएको अभियोगमा प्रहरीले विप्लप माओवादीका कार्यकर्ता युगेन भन्ने उदय राई र भीम लिम्बुलाई पक्राउ गरी बम ऐन अन्तरगत मुद्धा दर्ता गरेको हो ।

आइतवार पक्राउ गरेको प्रहरीले आज सोमवार पत्रकार सम्मेलन गरी बम विस्फोट घटनामा विप्लपम माओवादीका कार्यकर्ताको संलग्नता भएको जानकारी दिएको हो । पक्राउ परेका ४२ बर्षिय उदय मोरङ बेलवारी नगरपालिका–४ निवासी हुन् । भने ३४ बर्षिय भीम ताप्लेजुङ थुकिमा– ७ का का बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर