RUMPUM
animated ellipse animated ellipse

काइँला र वैद्यलाई पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ बैशाख २०७५, शनिबार २१:१७
3
Shares
विराटनगर / बबरसिंह थापा सेवा गुठीले वरिष्ठ कवि वैरागी काइँला र कवि विमल वैद्यलाई पुरस्कृत गरेको छ ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा ५१ हजार राशिको देवकुमारी थापा स्मृति सम्मानबाट साढे ५ दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय काइँलालाई पुरस्कृत गरियो । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनारायण श्रेष्ठ, भाषाशास्त्री बालकृष्ण पोखरेल र गुठीका अध्यक्ष कविराज न्यौपानेले दोसल्ला ओढाएर नगदसहित ताम्रापत्र प्रदान गरे । यसअघि यो सम्मानबाट इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, दुर्गालाल श्रेष्ठ, बालकृष्ण पोखरेललगायतका साहित्यकार सम्मानित भइसकेका छन् ।

त्यस्तै २५ हजार नगद राशिको ‘बबरसिंह थापा स्मृति सम्मान’बाट कवि वैद्य सम्मानित भए । उनी इलाममा रहेर ३ दशकभन्दा लामो समयदेखि कविता लेखनमा सक्रिय छन् । यसअघि डा. नवराज सुब्बा, मोमिला, प्रमोद प्रधानलगायतले यो सम्मान पाइसकेका थिए । २०६० सालमा स्थापित गुठीले हरेक वर्ष नेपाली भाषा र साहित्य क्षेत्रमा योगदान पु¥याउने दुईजना स्रष्टालाई नगदसहित सम्मान गर्ने गरेको गुठीका सदस्य प्राज्ञ विवश पोखरेलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर