खबर पूर्वाञ्चल
घर नजीक मकै बारीमा घाँस काटन गएको बेलामा उनलाई धारीलो हत्यारले घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी रंगेलीले जनाएको छ । घर देखि ५ सय मिटर टाढाको मकै बारीबाट नफर्के पछी खोज्ने क्रममा उनको सव मकै बारीमा फेला परेको हो । घटनाकाे थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक संन्जिवबाबू खड्काले जानकारी दिए ।
त्यसैगरि शुक्रबार राति बेताैना बवियाविर्ता भित्र सडक खण्डमा रंगेली नगरपालिका २ मंगलबारेेेेका ५९ बर्षकी सुक्रिया रिसिदेवकाे रहस्यमय मृत्यु भएको छ । उक्त घटनाको थप अनुसन्धान भईरहेकाे प्रहरीले जनएको छ । दुवै लासलाई पाेष्माटकाेलागि रंगेली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।