RUMPUM
animated ellipse animated ellipse

मतदाताको अन्तिम नामाबली प्रकाशीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ बैशाख २०७५, बिहीबार २०:२४
3
Shares
विराटनगर/नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमिति निर्वाचनका लागि निर्वाचन समिति प्रदेश नं. १ मोरङले आज मतदाताको अन्तिम नामाबली प्रकाशन गरेको छ ।

आगामी बैशाख २२ गते हुने निर्वाचनका लागि भोली ७ गते उमेद्वारी दर्ता गर्ने तालिका रहे अनुसार आज मतदाता नामाबली प्रकाशन गरीएको हो । आज ४ बजे सम्म दावी विरोधको समय तोकीएको र ५ बजे अन्तिम नामाबली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत दिपक दाहालले बताए। उनका अनुसार प्रदेश नम्बर १ अन्तरगत १४ जिल्लामा १४ सय ५४ जना मतदाता रहेका छन । यस मध्ये मोरङमा १ सय ८४, सुनसरीमा २ सय ३०, धनकुटा १ सय ४१, तेह्रथुम ७६,संखुवासभा ५३, भोजपुर ४७, ओखलढुङगा २२, खोटाङ ३७ सोलुखुम्बु ५४,उदपयुर ८१, ताप्लेजुङ ६४,पाचथर ६६, इलाम १ सय ३६, झापा २ सय ६४ रहेका छन । भोली ७ गते उमेद्वारी दर्ता भएपछि भोलीनै उमेद्वारको नामावली प्रकाशन , र ५ .१५ बजे देखि ९ गते ४ बजे सम्म उमेद्बारी उपर दावी विरोध गर्ने तथा उमेद्वारी फिर्ता लिने तालिका रहेको छ ।

यस्तै बैशाख १० गते विहान ११ बजे उमेद्वारको अन्तिम नामाबली प्रकाशन गर्ने तालिका रहेको समेत दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर