AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विष्फोट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७५, मंगलवार ११:२६
3
Shares
विराटनगर । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी हिजो राती बम विष्फोट भएको छ । बम दूतावासको बाहिर हातामा विष्फोट भएको हो ।


विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरि बिस्फोट भएको हो । विस्फोटका कारण कार्यालयको पछाडीको पर्खालमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुणकुमार बिसीले जानकारी दिए । क्याम्पको खाली जग्गामा तर्साउने गरि गराईएको बिस्फोट भनिएपनि प्रेसरकुकर बम रहेको प्रहरीले आशंका गरेको छ ।

जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख एसपी बिसीका अनुसार सोमवार राती साढे ८ बजे बम विष्फोट भएको जनाएका छन् । विस्फोटबाट भारतीय दूतावासको पर्खालमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।

बम विष्फोट कसले गराएको भन्ने विषयमा नखेले पनि घटनामा विप्लव माओवादीले गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माओवादीले विराटनगरवाट भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन माग गदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर