AArya
RUMPUM
animated ellipse animated ellipse

निशूूल्क वितरण गरिने पुुस्तक विद्यालयले खरिद गरेन्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७५, मंगलवार १०:५३
3
Shares
कुुमोद अधिकारी
विराटनगर /विद्याार्थीहरुलाई वितरण गरिने निशुुल्क पुुस्तक अझैपनी मोरङ र सुुनसरी जिल्लाका विद्यालयमा पर्याप्त रुपमा पुुग्न सकेको छैन ।

वैशाख –५ गते भर्ना अभियानलाई प्रभावकारी वनाउँन पुुस्तक वितरण दिवस आयोजना भइरहेको छ । दिवस आउँन एकदिन वाकी रहदा समेत मोरङ र सुुनसरी जिल्लाका विद्यालयमा ६० प्रतिशतमात्र पुुस्तक पुुगेको जनक शिक्षा समाग्रीकेन्द्र क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ । विद्यालयले पुुस्तक लिन आलटाल गरेका कारण विद्यार्थीलाई वितरण गर्नुु पर्ने पुुस्तक पुुग्न नसकेको हो ।

कोशी र मेची अञ्चलका अन्य जिल्लामा ९० प्रतिशत पुुस्तक पुुगिसकेको कार्यालय प्रमुुख ज्ञाननाथ चिमोरियाले वताए । झापा लगायत पहाडी जिल्लामा ९० प्रतिशत पुुस्तक पुुगिसकेपनि कार्यालय नजिकको मोरङ र सुुनसरी जिल्लामा पुुस्तक पुुगेको छैन । कार्यालयसँग पर्याप्त पुुस्तक रहेको जनाएको छ ।

विद्यालयहरुले निशुुल्क पुुस्तक पसलवाट नलगेपछी वितरणमा समस्या हुुने देखिएको छ । कमिशनका कारण विद्यालयले पर्याप्त पुुस्तक नलगेको व्यपारीहरु वताउँछन । पुुस्तक विक्रिगर्दा ९ प्रतिशतमात्र कमिशने आउने भएकाले अरुलाई कमिशन दिन नसकिने व्यापारीहरुको गुुनासो छ । नयाँ पुुस्तक खरिद नगरेर विद्यालयहरुले विद्यार्थीलाई पुुरानै पुुस्तक वितरण गर्ने होकी भन्ने शंखा अभिभावकहरुमा रहेको छ । गतवर्ष पुुस्तकको अभावमा हुुँदा विना पुुस्तक विद्यार्थीहरुले पढनुुपर्ने अवस्थामा थियो । तत्काल पुुस्तक उठाउँन अभिभावकसंघका अध्यक्ष देवी पन्थीले विद्यालयलाई आग्रह गरे ।

शिक्षक संगठन मोरङका अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठले पुुस्तक खरिदका लागी विद्यालयले कमिशन नमागेको दावी गरे । विद्यार्थीहरुलाई निशुुल्क पुुस्तक वितरण गर्नुु विद्यालयको दायित्व भएकाले कमिशन माग्ने कुुरामा सत्यतता नभएको उनले वताए ।

पुुस्तक दिवसको अवसर पारेर भर्ना भएका विद्र्याथीलाई भोलीदेखि निशुुल्क पुुस्तक वितरण गर्ने कार्यक्रम रहेकाले आज सम्ममा सवै विद्यालयले पुुस्तक लैजाने शिक्षा विकास तथा समन्वय इकाई प्रमुुख दिलनाथ पुुरीले जानकारी दिए ।

जिल्ला समन्वय समति मोरङका प्रमुुख नरेश पोखरेलले मोरङका सवै स्थानियतहरुलाई पुुस्तक खरिदका लागी ७५ प्रतिशत रकम पठाई सकेको वताए । पुुस्तक खरिदका लागी स्थानिय तहमा रकम पठाई सकेको छ सो रकम विद्यालयमा नगएर पुुस्तक खरिद नगरेको हो वा अन्य कारणले हो त्यो वुुझनुु पर्छ उनले भने । स्थानिय तहले विद्यार्थीका लागी पुुस्तक खरिदका लागी विद्यालयलाई रकम दिने गर्दछ ।

वुुधवार संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री लालवावुु पण्डितले वुुुढिगंगाको विपि प्रावी तथा प्रदेशको सामाजिक विकास मन्त्री जिवन घिमिरेले थलाहाको जनतामावीमा निशुुल्क पुुस्तक वितरण गर्ने कार्यक्रम रहेको शिक्षा विकास समन्वय इकाई प्रमुुख पुुरीले जानकारी गराए । कार्यालयका उप–सचिव राजेन्द्र वुुढाथौकीले विद्यालय भर्ना अभियानलाई प्रभावकारी वनाउन पनि निशुुल्क पुुस्तक वितरण कार्यालाई प्रभावकारी वनाउनुु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर