AArya
RUMPUM
animated ellipse animated ellipse

दिल्ली पब्लिक र सेन्ट जोसेफ स्कूल छाड्दै विद्यार्थी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ बैशाख २०७५, सोमबार १९:२१
3
Shares
विराटनगर /विराटनगरमा नाम चलेका र महंगा स्कूलको रुपमा चिनिएका दिल्ली पब्लिक स्कूल(डिपीएस) र सेन्ट जोसेफ स्कूलका विद्यार्थी धमाधम सामुदायिकमा भर्ना हुन थालेका छन् ।

सामुदायिक विद्यालयले गुणस्तरमा सुधार गरेपछि र निजी विद्यालयको पठनपाठन पनि गुणस्तरीय नभएपछि विद्यार्थीहरु निजी स्कूलबाट सामुदायिकमा जाने क्रम बढेको हो ।

महङ्गो शुल्क लिएपनि पढाईको गुणस्तर राम्रो नपाएको भन्दै अभिभावकहरुले ती निजी स्कूलबाट छोराछोरी निकालेर अंग्रेजी माध्यमबाट पठनपाठन हुने सामुदायिक स्कूलमा भर्ना गराइका छन् । उद्योग संगठन मोरङको पछाडि रहेको सेन्टजोसेफ र विशालचौकमा रहेको डिपिएसका धेरै विद्यार्थीहरुले यस पटक आदर्श, पोखरिया र सत्यनारायण स्कूलमा भर्ना हुन प्रवेश परीक्षा दिएका छन् ।

राम्रो शिक्षाका लागि महंगो शुल्क तिरेर निजी विद्यालयमा पढाउने अभिभावकहरु सामूदायिकतर्फ अंग्रेजी माध्यममा सञ्चालित स्कुलमा आकर्षित भएका हुन् । कक्षा ६ देखि १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेकोे पोखरिया उच्च माविमा २ सय ११ जनाको लागि लिएको प्रवेश परिक्षामा ४ सय ४५ विद्यार्थी सहभागी भएका विद्यालय प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । उनीहरुमध्ये अधिकांश निजी विद्यालयका विद्यार्थी रहेको प्रधानाध्यापक भट्टराईले बताए । स्कूलमा सेन्ट जोफेससहित आसपासमा रहेका निजी विद्यालयका विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् ।

पोखरिमा कक्षा ६ मा ३५ सिटको लागि ५०, कक्षा ७ मा ४६ सिटको लागि १ सय, कक्षा ८ मा ६० सिटको लागि १ सय ४६ र कक्षा ९ मा ७० सिटको लागि १ सय ४९ जनाले प्रवेश परीक्षा दिएको विद्यालयले जनाएको छ । एसईई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन थालेपछि सो विद्यालयमा निजी विद्यालय छाडेर भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ्न थालेको हो ।

‘नाम चलेका निजी विद्यालय छाडेर विद्यार्थी अंग्रेजी माध्यमबाट पढाइ हुने सरकारी विद्यालयमा भर्ना हुन आउँदा हामी पनि अच्चमा परेका छौं,’ पोखरीया स्कूलका एक शिक्षकले भने, ‘गुणस्तर हेरेरै विद्यार्थीलेै सामुदायिक स्कूलमा रोजेका हुन् ।’ पोखरियामा प्रवेश परीक्षा दिएका सेन्ट जोफेस र दिल्ली पब्लिक स्कूलका केही विद्यार्थीले भने प्रवेश परीक्षानै अनुत्तीर्ण गरेको पाइएको छ ।

अरुको घरमा काम गरेर छोरीलाई महंगो शुल्क तिरेर पढाउँदै आएकी विराटनगर–३ की निरादेवी उराँवले सस्तो शुल्कमा गुणस्तरीय पढाइका लागि पोखरिया स्कूलमा छोरीलाई भर्ना गराउन आएको बताइन्। पढाई र स्कुलको नतिजा निजी विद्यालयको भन्दा राम्रो भएकाले आफुले छोरीको भर्ना गराउन आएको उनको भनाइ छ ।

पोखरिया उच्च माविमा कक्षा १ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा पढाइ हुने गरेको छ । विद्यालयले अतिरिक्त शिक्षा र भौतिक संरचनाको लागि अभिभावकसँग सहयोग स्वरुप अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीसँग कक्षा ६ देखि ८ सम्म बार्षिक १० हजार र ९ देखि १२ सम्म १२ हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

नगरभित्र पोखरियासँगै राधाकृष्ण, सत्यनारायण र आदर्श मावि र सरस्वती मावि र गोग्राहा माविले समेत अंग्रेजी माध्यममा अध्यापन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर