AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अञ्चल अस्पतालको आसपासको क्षेत्र सरसफाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०७५, शनिबार १७:४५
3
Shares
विराटनगर, १ बैशाख / स्वस्थ्य प्रवद्र्धनका लागि मेरो बर्ष २०७५ नाम दिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको सचेतना मुलक अभियान अन्तर्गत आज कोशी अञ्चल अस्पतालको आसपासको क्षेत्र सरसफाई गरिएको छ ।

अभियान अन्तर्गत कोशी अञ्चल अस्पतालदेखि सामाजिक विकास मन्त्रालय सम्म सडक र सडक आसपासको क्षेत्र सरसफाई गरिएको हो । वातावरणीय सरसफाई सचेतना फैलाउन सञ्चालन गर्न सरसफाई कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सरसफाईमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वयं सरिक भएर सरसफाई गरेका थिए । यस्तै मन्त्रालयले नै आज महेन्द्र चौकमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर