खबर पूर्वाञ्चल
पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा नतिजा प्रकाशनसँगै पुरस्कार वितरण, साङ्गीतिक एवम् सांस्कृतिक कार्यक्रम भएको थियो । सो अवसरमा विद्यालयका प्रिन्सिपल राजकुमार राईले आगामी शैक्षिक योजनाका बारेमा प्रस्ट पारेका थिए भने विद्यालयकी निर्देशक कला राईले विद्यालयको गतिविधिबारेमा प्रकाश पारिन् । शिक्षक–अभिभावक सङ्घकी अध्यक्ष सिर्जना राईको सभापतित्वमा भएको कार्यक्रममा एभरेस्ट माविका निर्देशक रविन कन्दङ्वा, अन्नपूर्ण माविका निर्देशक मदन थापा, संस्थापक अध्यक्ष कुमार चाम्लिङलगायतले बोलेका थिए ।