AArya
RUMPUM
animated ellipse animated ellipse

समान शुल्क तोक्न अखिल क्रान्तिकारीको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०७४, बुधबार १८:२३
3
Shares
विराटनगर, २८ चैत/ नयाँ शैक्षिक शत्र सुरु भएसँगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यर्थाी यूनियन(क्रान्तिकारी) मोरङले निजी विद्यालयले मनोमानी रुपमा चर्को शुल्क लिने गरेको भन्दै अनुगमन गरी समान शुल्क लिन माग गरेका छन् ।

अखिल क्रान्तिकारी मोरङले आज विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

निजी विद्यालयको अनुगमन गरी चर्को शुल्क लिनेलाई कारबाही गर्न अखिल क्रान्तिकारी मोरङका संयोजक ताजिम अन्सारीले आग्रह गरे । ‘नयाँ शैक्षिक सत्र सुरु भएपछि भर्ना अभियानमा निजी विद्यालयहरुले मनखुसी विद्यार्थीहरुबाट शुल्क लिने गरेका छन्,’ अखिल क्रान्तिकारी मोरङका संयोजक अन्सारीले भने, ‘महानगरपालिका अगुनगन गरी निजी विद्यालयहरुले समान शुल्क तोक्नुपर्दछ ।’

नेपालको संविधान २०७२ ले प्रदान गरेको संवैधानिक व्यवस्था र दायित्व कार्यान्वयन गर्न यस महानगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुको अनुगमन गरी जथाभावी शुल्क असुल गर्ने शिक्षण संस्थालाई कारबाही गर्न र सबै शिक्षण संस्थाहरुको शुल्क निर्धारण गर्न समेत उनीहरुले माग गरेका छन् । शिक्षण संस्थाले मनोमानी शुल्क लिँदा महानगरपालिका चुप लाग्न नमिल्ने अन्सारीले बताए ।

ज्ञापनपत्र अखिल क्रान्तिकारी मोरङका संयोजक अन्सारीले विराटनगर महानगरपालिका प्रमुख पराजुलीलाई ज्ञापनपत्र बुझाएका थिए । आफूहरुको मागलाई वेवास्ता गरेमा आन्दोलन सुरु गर्ने अन्सारीले चेतावनी दिए ।

ज्ञापनपत्र बुझेपछि प्रमुख पराजुलीले विद्यार्थीहरुको मागलाई ध्यानमा राखी आफु अगाडी बढने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर