AArya
RUMPUM
animated ellipse animated ellipse

ओली‍‍-मोदीको संयुक्त पत्रकार सम्मेलन जहाँ पत्रकारले प्रश्न साेध्नै पाएनन्, चीनको चर्चै भएन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ चैत्र २०७४, आईतवार ०६:३९
3
Shares
नयाँ दिल्ली,२५ चैत / प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्रबीचको छलफलमा चीनसँग सम्बन्धित कुनै पनि विषयले प्रवेश पाएन ।

ओली–मोदी भेटपछि भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश सचिव विजय केशव गोखलेले दुई प्रधानमन्त्री बीच दुई मित्रवत् छिमेकका आपसी विषयमा छलफल भए पनि चीन र उसँग जोडिएका बुढि गण्डकी लगायतका विषयमा चर्चा नै नभएको बताए ।

१२ सय मेगावाटको बुढी गण्डकी आयोजना फेरि चीनलाई दिने प्रक्रिया अगाडि बढेको र त्यस विषयमा दुई प्रधानमन्त्रीबीच छलफल भयो कि भएन भन्ने जिज्ञासामा गोखलेले त्यसमाथि पनि कुनै चर्चा नभएको दाबी गरे। लागुऔषध ओसपसार, मानव तस्करी लगायतका सीमा सुरक्षासँग जोडिएका विषयमा सहकार्य गर्न दुवै पक्ष सहमत भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

बिमस्टेक, बिबिआइएन र सार्कजस्ता क्षेत्रीय संगठनको महत्व र भूमिकाको प्रधानमन्त्री ओलीले चर्चा गरेको बताउँदै त्यसको जवाफमा ‘सीमापार आतंकवादको अवस्था विद्यमान रहेका कारण सार्कलाई तत्काल अगाडि बढाउन सहज नभएको‘ प्रधानमन्त्री मोदीलाई उद्धृत गर्दै विदेश सचिव गोखलेले भने।

दुई प्रधानमन्त्री बीच नेपालको बढ्दो व्यापार घाटासम्बन्धी विषय उठे पनि त्यस विषयमा आगामी वाणिज्य मन्त्रीस्तरीय बैठकमा थप छलफल चर्चा नभएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। साथै भारतको सहयोगमा सन्चालनमा रहेका पूर्वाधारका आयोजनालाई गति दिन पनि दुवै पक्ष सहमत भएको विदेश सचिव गोखलेले जानकारी गराए।

भारतले एक वर्षअघि सार्वजनिक गरेको विद्यूत खरिदसम्बन्धी निर्देशिकाको मस्यौदा र त्यसमा गरिएका व्यवस्थाहरु नेपाली मात्र होइन नेपालमा लगानी गर्न चाहने प्रबर्द्धक समेत सशंकित रहेको अवस्था छ।

प्रबर्द्धकहरुमा भारतीय कम्पनीहरुको लगानी रहेका आयोजनाबाट मात्र भारतले विद्यूत खरीद गर्छ भन्ने बुझाई रहेको छ। त्यससम्बन्धी पत्रकार सम्मेलनमा उठेको प्रश्नको जवाफमा सचिव गोखलेले ‘निर्देशिकाका सम्बन्धमा नेपाललगायतका अन्य छिमेकहरुबाट विभिन्न सुझाव आएको र त्यसलाई पनि मध्येनजर गर्दै पारदर्शी संरचना बनाइने छ’ भने।

यसअघि हैदरावाद हाउसमा भएको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले आआफ्ना भनाई राखे पनि पत्रकारहरुले भने जिज्ञासा राख्ने अवसर पाएनन्। अाजकाेे कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर