खबर पूर्वाञ्चल
सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेले आयोजना गरेको कार्यक्रममा वर्तमान सहकारी ऐनमा निक्कै त्रुटीहरु रहेको र हालको सहकारी ऐन सहकारी मैत्री नभएका कारण त्यसलाई स्थानिय तहमा निर्माण ऐनमा सच्याएर सहकारी मैत्री वातावरण बनाउन पहल गर्ने गरी एन बनाउन स्थानिय सरकारलाइ सहजकर्ता सुर्यप्रसाद रिमालले अनुरोध गरे ।
पथरीशनिश्चरे कर्मचारी संगठनले यसरी सहकारी कर्मीहरुलाई एक जुट बनाएर कार्यक्रम गरेकोमा जिल्ला सहकारी संघका सदस्य योगराज पौडे्ल, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष एकराज चौहान र नगर प्रमुख दिलिपकुमार राईले प्रशंसा गर्दै शुभकामना दिए । २० गतेको ६१ औं सहकारी दिवसमा समितिका पदाधिकारीहरुलाई हण्डी फुटाइ, पथरी बजारमा ट्राफिक सचेतनाका लागि २ स्थानमा ‘रोक हेर र जाउ’ लेखिएको सचेतनामूलक बोर्ड राख्ने र झाकी सहितको वृहत ¥यालीले बजार परिक्रमा गर्ने कार्यक्रम रहेको कार्यक्रमका सभापती तुलसी बस्नेतले जानकारी गराए ।