AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को ‘किरात प्रदेश’ नाम राख्न माग गर्दै २५ लाख हस्ताक्षर संकलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७४, बिहीबार २०:२७
3
Shares
विराटनगर, १५ चैत / किरात राई यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै आज २५ लाख हस्ताक्षरसहित प्रदेशका मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेश नम्बर १ मा आदिम कालदेखि किरातीहरुले खनेर खोस्रेर आवाद गरेको जन्मभुमीलाई किरात प्रदेश नामाकरण गर्नु पर्ने भन्दै यायोक्खाले प्रदेशका मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीलाई हस्ताक्षरसहित ज्ञापन पत्र बुझाएको हो । उनीहरुले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्नु पर्ने माग राख्दै संसद भवन घेराउ समेत गरका थिए । प्रदेशका मुख्यमन्त्री राई तथा सभामुख भण्डारीलाई भेटेर प्रदेश नामको बिषयमा ध्यानाकर्षण गराए ।

सुनसरी, मोरङ, झापा, धनकुटा, ईलामलगायतका जिल्लाहरुबाट आएका किराँत समुदायले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश हुनै पर्ने माग राखेका छन् । किराँत राई यायोक्खा केन्द्रीय समितिको आब्हानमा किराँत समुदायका १६ जातीका किराँतीहरुले संसद भवन घेराउ गर्दै प्रदेशको नाम किराँत प्रदेश राख्न माग गरेका हन् ।

किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले आन्दोलन प्रतिफलको बेलामा प्रदेश सरकारको ध्यानकर्षण गराईएको जानकारी दिए । उनले भने, ‘हामी किराँत जाती वा संस्कृती नभएर भुगोल भएकोले यस भित्र रहेका सबै जातजातीले किराँत प्रदेशलाई स्वीकार गर्छन् ।’बाजागाजा सहित आएका किराँतीहरुले सबै किराँती एक हौ भन्दै नारा लगाए । संविधानले जुन अधिकार दिएको छ त्यो अधिकारको सदुपयोग गर्दै सभ्यता, संस्कृती, एकता र पहिचानको लागि यो मागमा राखिएको उनको भनाई छ ।

प्रदेश १ का १४ वटै जिल्लाका सबै स्थानीय तह, काठमाण्डौ उपत्यकाका तीन जिल्लाका साथै मकवानपुर र चितवनसम्म हस्ताक्षर संकलन गरिएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रदेश १ का मुख्यमन्त्री राईले नीतिगत रुपमा प्रदेश सरकारको नाम प्रदेशसभाले टुंगो लगाउने बताए । ‘प्रदेशसभाको दुईतिहाइ बहुमतलाई प्रदेशको नाम राख्ने अधिकार दिएको छ’ उनले भने, ‘सरकारलाई बुझाएको ज्ञापनपत्र सबै माननीय संसदहरुको हातमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर