RUMPUM
animated ellipse animated ellipse

कर्णलाई सहकारीले पुरस्कृत गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७४, बिहीबार २०:१२
18
Shares
विराटनगर, १५ चैत / ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगरका सञ्चारकर्मी नवीनचन्द्र कर्णलाई पुरस्कृत गरिने भएको छ ।

सहकारी दिवसको अवसरमा विराटनगरबाट पत्रकारिता क्षेत्रमा सक्रिय कर्णलाई पुरस्कृत गर्न लागिएको हो ।
विराटनगरस्थित जिल्ला सहकारी संघ मोरङका अध्यक्ष एवम पुरस्कार छनौट समितिका अध्यक्ष रहेका डिल्ली पोखरेलको अध्यक्षतामा आज बसेको पुरस्कार छनौट समितिको बैठकले सो निर्णय गरेको हो ।

चैत्र २० गते स्थानिय वीरेन्द्र सभागृहमा राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना हुने कार्यक्रमकाबीच कर्णलाई ५ हजार १ नगद राशी र सम्मानपत्र सहित सो पुरस्कार प्रदान गर्ने निर्णय भएको जिल्ला सहकारी संघका अध्यक्ष पोखरेलले जानकारी दिए । कर्ण मकालु टेलिभिजनमा बरिष्ठ सम्बाददाता र मैथिली समाचार संयोजककोरुपमा कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर