AArya
RUMPUM
animated ellipse animated ellipse

बाढी पीडितको राहत वितरणमा विभेद, कारबाहीको माग राख्दै अख्तियारमा उजुरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०७४, बुधबार १७:४३
3
Shares
विराटनगर, १४ चैत । बाढी पीडितहरुलाई जनप्रतिनिधीहरुले भेदभाव गरेको र कमिशन लिएर राहत रकम पाउने सुचि बनाएको भन्दै मोरङ जहदा गाउँपालिका १ का स्थानीयले सत्य तथ्य छानविन गर्न माग गरेका छन ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर गत साउन २७ गते आएको बाढीबाट पीडित भएकाहरुले स्थानीय जनप्रतिनिधीले कमिशन खाएर बास्तविक पीडितलाई दिनु पर्ने राहतमा अनियमितता गरेको आरोप लगाएका हुन् । पहिलो चरण अन्तरगत यसै हप्ताबाट सरकारले बैङक मार्फत राहत रकम वितरण शुरु गरेपछि राहत रकममा अनियमितता भएको थाहा पाएको भन्दैे छानविन गर्न माग गरेको जहदा गाउँपालिका १ का स्थानीय शिबेन्द्र राजवंशीले बताए ।

एकै परिवारका ५ जना सम्मको नाममा रकम आउनु, सर्बदलिय बैठकले पुर्ण र आशिंक क्षती भएको भनि सिफारीस गरेको भन्दा बाहिरका ब्यक्तिको नाम राहत पाउने सुचिमा हुनु, विवाह गरेर भारत गएकी छोरीको नाम सिफारीस गर्नु र सय जना भन्दा बढीको नाम पुर्ण र आशिंक क्षती दुवै सुचिमा राखेर अनियमिता गरेको उनीहरुले आरोप लगाएका छन् ।

स्थानीयले राहत रकम २५ हजार रुपैया पाउनेले पनि १० हजार रुपैया सम्म कमिशन १ नम्बर बडाका अध्यक्ष प्रदिपचन्द्र यादवले मागेको आरोप लगाएका छन् । जहदा गापा १ मा सर्बदलिय बैठकले ३ सय ६५ पुर्ण क्षती भएका परिवार सहित ७ सय २६ परिवार प्रभावित भएको र उनीहरुलाई राहत रकम दिनुपर्ने निर्णय गर्दै सिफारीस गरेको थियो । राहत रकम लिन शुरु गरेका पीडितहरुको सुचिमा भने ५ सय २ परिवारको नाम परेको छ ।

पुर्ण क्षती भएका पीडित भने सबैको नाममा रकम भने आएको छैन । बाढीबाट घर भत्कीएर पुर्ण क्षती भएका कलानन ऋषिदेवले सर्बदलिय बैठकले पुर्ण क्षती भएको भन्दै आफ्नो नाम सिफारीस गरेको भएपनि यस पटक राहत रकम पाउनेमा नाम नभएको गुनासो गरे । राहत रकममा अनियमितता भएको भन्दै छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा समेत चैत्र ९ गते निवेदन दिएको शिबेन्द्र राजवंशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर