RUMPUM
animated ellipse animated ellipse

कलकता अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७४, मंगलवार २१:२१
3
Shares
जोगबनी, १३ चैत / जोगबनीमा जारी इन्डो नेपाल क्रिकेट प्रतियोगितामा बालुघाट कलकता विजयी भई अन्तिम आठमा प्रवेश गरेको छ ।

आज भएको खेलमा कलकताले मधुवनी विहारलाई ६ विकेटले पराजित गरि अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

कलकताले मधुवनीले दिएको १ सय ४६ रनको विशाल लक्ष्य १७ दशमलव ५ बलमा ४ विकेट गुमाई पार गरेको थियो । कलकताका रोहन सेनले ३५ रनको योगदान दिए । मधुवनीका राहुल चौधरीले २ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको मधुवनीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय ४५ रनक योगफल तयार पारेको थियो । मधुवनीका उत्कर्ष कुमारले ३८ रन जोडे । कलकताका म्यान अफ द म्याच पाधुनिय सरकारले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर