AArya
RUMPUM
animated ellipse animated ellipse

अग्निपीडितलाई कांग्रेस यूवा नेताको राहत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७४, मंगलवार १७:४९
3
Shares
विराटनगर, १३ चैत / विराटनगर–११ निवासी कांग्रेस यूवा नेता मनोज साहले सुनसरी बराह नगरपालिकाका अग्निपीडितलाई राहत प्रदान गरेका छन् ।

साह सुनसरी क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि हुन् । गत हप्ता बराह नगरपालिका वडा नम्बर १ मधुवन वस्तीमा आगो लाग्दा ७४ घरपरिवार घरबारविहीन भएका थिए । साहले ५० घरपरिवारलाई झुल, साडी, भेष्ट, हाफपेन्ट, कपी, कलम, पेन्सिल, कटरलगायतका राहत सामग्री प्रदान गरेको बताए । त्यस्तै उनले कोशी गाउँपालिका लौकहीका अग्निपीडितलाई पनि राहत प्रदान गरे ।

चामल, भुजा, चिउरा र नगद १ हजार रुपैयाँसमेत दिए । दुवै ठाउँका अग्निपीडितलाई २ लाख रुपैयाँ बराबरको राहत प्रदान गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर