AArya
RUMPUM
animated ellipse animated ellipse

सहकारी दिवस मनाइदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ चैत्र २०७४, सोमबार २०:२६
3
Shares
विराटनगर, १२ चैत्र / दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ यस बर्षको ६१ औं राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाईने भएको छ ।

आइतबार सम्पन्न बैठकले निर्णय गरेको कुरा जिल्ला सहकारी संघ लि. मोरङ्गका अध्यक्ष डिल्ली पोखरेलले बताए ।

दिवसलाई भब्य रुपले सम्पन्न गर्नका लागि संघका अध्यक्ष पोखरेलको संयोजकत्वमा डिभिजन सहकारी कार्यालय मोरङ्ग, सबै विषयगत संघहरु, राष्ट्रिय सहकारी बैंक सहित २ सय ५१ सदस्यीय मूल समारोह समिती गठन गरिएको छ । त्यसैगरी उंनकै अध्यक्षतामा ११ सदस्यीय ब्यवस्थापन समिती समेत गठन भएको छ ।

आज सम्पन्न ब्यवस्थापन समितीको बैठकले कार्यक्रमलाई ब्यवस्थित बनाउन ८ वटा बिभिन्न उपसमितीहरु बनाएको छ । राकेस दाहाल संयोजक र कृष्णकुमार सरदार, बिपिन भगत, प्रभु पोखरेल, बलबहादुर घिमिरे सदस्य रहेको हल मञ्च ब्यवस्थापन उपसमिती, अमृत गुरुङ्ग संयोजक र योगराज पौड्याल, रबिन्द्र आचार्य, राजेन्द्र खनाल, कविता काफ्ले सदस्य रहेको ¥याली ब्यवस्थापन उपसमिती, उमेश गुरुङ्गको संयोजकत्वमा पानि ब्यवस्थापन उपसमिती गठन गरिएको छ ।

त्यसैगरी बिजयकुमार माझीको संयोजकत्व र महेन्द्र ढुंगाना, ई. कमलेश्वर ठाकुर, अनुप स्याङवो, योगेन्द्र साह, तिर्था लिम्बु, अशोक रेग्मी, सुनिता देवकोटा सदस्यीय रहेको स्वयम्सेवक उपसमिती, माधव अधिकारीको संयोजकत्व र अविनास निधी, प्रभु पोखरेल सदस्य रहेको प्रचार प्रसार उपसमिती, पार्वती बराल संयोजक र टिकाप्रसाद कट्टेल, संगीता दाहाल, हिमा मैनाली, तुलसा बिष्ट सदस्य रहेको स्वागत सत्कार उपसमिती गठन गरिएको छ ।

त्यसैगरी लक्ष्मीप्रसाद मेहताको संयोजकत्वमा जितेन्द्र झा सदस्य रहेको स्वस्थ्य उपचार उपसमिती र डिल्ली पोखरेलको संयोजकत्वमा सबै बिषयगत संघका अध्यक्षहरु सदस्य रहने गरि आर्थिक उपसमिती गठन गरिएको छ ।

चैत्र २० गते हुने सो कार्यक्रममा मोरङ्ग जिल्ला भरका सहकारीकर्मीहरु सहभागि हुने बताइएको छ । स्थानिय बिरेन्द्र सभागृहमा १ नं प्रदेशका मुख्य मंत्री शेरधन राईको प्रमुख आतिथ्यता र सामाजिक बिकास मंत्री जिवन घिमिरेको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम हुने कुरा प्रचार प्रसार उपसमितीका संयोजक माधव अधिकारीले बतए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर