पूर्वाञ्चल खबर
आज भएको खेलमा पटनाले भागलपुरलाईलाई ८ विकेटले पराजित गरि अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।
पटनाले भागलपुरले दिएको ८९ रनको विजयी लक्ष्य ११ ओभरमा २ विकेट गुमाई पार गरेको थियो । पटनाका सिद्धान्त कुमारले ४७ रनको योगदान लिए । भागलपुरका रोहन कुमारले २ विकेट लिए
यस अघि टस जितेर ब्याटिङ गरेको भागलपुरले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ३ बलमा सवै विकेट गुमाई ८८ रनमा सिमित भयो । भागलपुरका उसरफ वासीले १७ रन जोडे। पटनाका सिद्धान्त कुमार र अनिस कुमारले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच पटनाका अलराउण्डर खेलाडि सिद्धान्त कुमार घोषित भए ।