खबर पूर्वाञ्चल
अररियाले जोगबनीलाई ७ विकेटले पराजित गरि अन्तिम आठमा प्रवेश गरेको हो । जोगबनीले दिएको १ सय १९ रन लक्ष्य अररियाले १३ दशमलव ४ बलमा ३ विकेट गमाई पार गरेको थियो । अररियाका रवि बाबुले नटआउट २३ रन बनाउँदा सक्लैन मुस्ताकले २३ रन जोडे । जोगबनीका निसानले सर्वाधिक ३ विकेट दिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको आयोजक जोगबनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १८ रनको सामान्य योगफल तयार पारेको थियो । जोगबनीका निसानले २३ रन जोडेका थिए । अररियाका म्यान अफ द म्याच शुसान्त र सक्लैनले ३–३ विकेट लिएका थिए । प्रतियोगितको विजेताले भारु ५१ हजार तथा ट्रफि तथा उप विजेताले भारु २१ हजार र ट्रफि हात पार्ने छ । प्रतियोगितामा नेपाल र भारतका गरि १३ टिमको सहभागि रहने आयोजकले जनाएको छ । गत सस्करणको विजेता विराटनगरको पूर्वाञ्चल क्रिकेट एकाडेमी रहेको थियो ।