पूर्वाञ्चल खबर
नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ बमोजीम कांग्रेस प्रदेश सभा प्रदेश १ को संसदीय दलको तर्फवाट सचेतक पदमा केदार कार्कीलाई मनोनय गरेको लिखीत जानकारी प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले आज सभामुख प्रदिपकुमार भण्डारीलाई दिएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ वाट प्रदेश सभा सदस्यमा निर्वाचीत कार्की नेपाल विद्यार्थी संघका केन्द्रीय नेता हुन् । नेविसंघको केन्द्रीय अध्यक्षमा उठ्ने तयारी गरी रहेका कार्की गएको जिल्ला अधिबेसनमा मोरङ कांग्रेसको सभापति पदमा उम्मेदवार बनेका थिए । कांग्रेसका प्रभाशाली नेता शेखर कोइराला निटक रहेका कार्कीले कांग्रेसको संसदीय दलको नेता पदमा समेत उम्मेदवारी दर्ता गराएको थिए । अन्तीम समय राजीव कोइरालाई छोडेका कार्की प्रमुख सचेतक बनेका छन् ।
यसैगरी कांग्रेस ससदीय दल कार्य समितिलाई पनि पुर्णता दिएको छ । समितिको उपनेतामा हिमाल कार्कीलाई मनोनयन गरीएको छ भने सचिव शिवनारायण सिंह, कोषाध्यक्ष लिला सुब्बा, सदस्यहरुमा चुमनारायण तवदार, ओमप्रकाश सरावगी, ज्योती सुब्बा, नबोदीता चौधरी र विन्दीया कार्की रहेका छन् ।