खबर पूर्वाञ्चल
उनी धरौटीमा छुटेका छन् । पञ्जावको अदालतले दलेरसहितका ७ जनाले सन् २००३ मा मानिसहरुलाई पश्चिमी देशहरुमा र्पुयाउने झूठो आश्वासन दिएर ठूलो रकम लिएकोमा शुक्रबार दोषि ठहर गरेको हो । त्यसलगत्तै पक्राउ परेका उनीहरु धरौटीमा छुटेका हुन् ।
मेहन्दी १९९० को दशकका लोकप्रिय पन्जावी गायक हुन् । सन् १९९८ र ९९ मा उनले कम्तिमा १० जना आप्रवासहीहरुलाई डान्सरको रुपमा अमेरिका लिएर गएका थिए र उतै छोडेर फर्केका थिए ।
पन्जाब प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेपछि ३५ जना व्यक्तिहरुले उनी विरुद्ध विभिन्न उजुरी गरेका छन् । उनीहरु सबैले आफूहरुलाई विदेश पठाइदिने झूटो आश्वासन दिएर पैसा खाइदिएको आरोप लगाएका छन् ।
दलेरले पञ्जाब अदालतको फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएका छन् ।