खबर पूर्वाञ्चल
इजरायलबाट पथरीशनिश्चरे निवासी प्रकाश पाहिम लिम्बूले आफु र साथीभाईबाट संकलन गरेर पठाएको नगद ८७ हजार ५ रुपैंया आज पत्रकार तेजन खड्काले घरमै लगेर ललितकी श्रीमती गोमालाई हस्तान्तरण गरेका हुन् । बिभिन्न सञ्चारमाध्यमा तामाङ क्यान्सर रोगबाट पीडित भई उपचारमा समस्या भएको समाचार आएपछि प्रकाशले आर्थिक सहयोग संकलन गरेका थिए । तामाङको निधन भएको खबरले दुख लागेको बताउदैं प्रकाशले परिवारको दहनिय अवस्थामा लालावालाको पठनमा सहयोग स्वरुप सहयोग रकम पठाएको अनलाईन कुराकानीमा बताएका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार खड्काले विदेशबाट रकम हस्तान्तरण गर्ने जिम्मेवारी आफुलाई दिएको र हस्तान्तरण गरेको बताए । विदेशमा श्रम गरि मेहनत पसिना बगाएर कमाएको केहि रकम प्रकाश दाई लगायत उहाँको साथीभाईले सहयोग गर्नुभएको हो,खड्काले भने, वालबच्चाको पठनपाठन लगायत परिवारको समस्यामा खर्च गर्नु होला ।
सहयोग अभियानमा अहो रात्र खटिरहेकी लक्ष्मी तामाङ अन्जुले कार्यक्रमको व्यवस्थापन गरेकी थिईन । उनले सहयोगी दाताहरुमा धन्यवाद दिईन । ललित दाईलाई बचाउन अथक प्रयास गर्दा पनि मृत्युसँग संघर्ष हामीले जित्न सकेनौ, लक्ष्मीले भनिन्, निधन पछि पनि बालबच्चाको भविष्य र परिवारको दहनिय अवस्था सम्झेर सहयोग गरिदिनुभएकोमा तामाङ परिवारबाट सहयोगीदातामा धन्यवाद ज्ञापन गर्दछौ ।
लक्ष्मीका अनुसार स्वर्गिय ललितका ५ जना छोराछोरी छन् । श्रीमती पनि अपाङ्गता हुनुहुन्छ । उहाँहरुको सानो छाप्रोमा बस्ने चुईने र पुरानो भईसकेको छ । छोराछोरीका लागि विद्यालयमा छुट गराएर पठाउने ब्यवस्थाको लागि आफु लागिरहेको बताईन् । जति पनि सहयोग रकम आएको छ बैंकमा खाता खोलि राखिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार हरि कोईराला,गोपाल काफ्लेलगायत छरछिमेकहरुको उपस्थिती रहेको थियो ।