AArya
RUMPUM
animated ellipse animated ellipse

नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय ९० रनको लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ चैत्र २०७४, शनिबार १७:००
3
Shares
विराटनगर, ३ चैत / विश्वकप छनोटको ७ औं स्थानको लागि भएको प्ले अफ खेलमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ ।

टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन बनाएको छ । नेदरल्याण्ड्सका बास डे लिडीले सवैभन्दा बढी ३९ रन बनाउँदा भान डेर मेर्वे र स्कट इडवार्ड समान २५–२५ रन जोडे । त्यस्तै सेन स्नटरले नआउट २३ रन तथा
पिटर सिलार २३ रनको योगदान दिए ।

नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २–२ विकेट हात पारे । कामीले १० ओभरमा किफायती बलिङ गर्दै २ मेडन राख्र्दै २४ रन दिए । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर