AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम मेयर कप राष्ट्रिय भलिबलको उपाधीका लागी प्रदेश ४ र ५ भिड्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७४, शुक्रबार १९:०१
3
Shares
सुनसरी,२ चैत्र / सुनसरीको इटहरीमा जारी प्रथम मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधीको लागी प्रदेश ५ र प्रदेश ४ भिड्ने भएका छन । आज सम्पन्न सेमिफाइनल खेलहरुमा बिजयी हुदै प्रदेश ५ र ४ ले उपाधी भिडन्त पक्का गरेका हुन् ।

क्षेत्रिय भलिबल सङ्घको आयोजनामा इटहरी रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमीफाइनल खेलमा प्रदेश ४ ले प्रदेश ७ लाई २५–१३, २५–१६ र २५–२३ को सोझो सेटले पराजित गरेको छ । आजै सम्पन्न दोस्रो सेमिफाइनलमा प्रदेश ५ ले प्रदेश १ लाई २५–२३, २५–१९ र २१–२५ र २५–१८ को सेटले नै पराजित गरेको छ । फाइनलका खेल भोली शनिबार हुने र फाइनल अघि तेस्रो स्थानको लागी प्रदेश १ र ७ बिच प्रतिष्पर्धा हुने प्रचार प्रसार समिति संयोजक तथा क्षेत्रिय भलिबल सघंका एक नम्बर प्रदेशका सदस्य बिक्रम थापाले जानकारी दिए ।

नेपालका सातवटा प्रदेशको सहभागिता रहेको प्रतियोगिताको बिजेताले २ लाख तथा उप विजेताले १ लाख पुरस्कार पाउनेछ । यस्तै तेस्रो हुनेले ५० हजार र चौथो हुने टिमले २० हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर