पूर्वाञ्चल खबर
नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी र सो कम्पनीका प्रतिनिधि अजय जिन्दलले सामुहिकरुपमा गाडी सार्वजनिक गरेका थिए ।
चारचक्के सवारीसाधनको उत्पादक भारतीय कम्पनी मारुती सुजुकीले बजारमा ल्याएको फेमिली सेग्मेन्टको सो कारको मुल्य २६ लाख ९९ हजार राखिएको छ । ग्रे,औरेन्ज,व्हाईट र ब्लु सहित विभिन्न ५ वटा रंगमा उपलब्ध हुने सो कारको ग्राउण्ड क्लियरेन्स १ सय ६५ एमएम रहेको छ ।
९ सय ९८ सिसि क्षमताको सो कार ५ सिटे छ । प्रति लिटर ३३ दशमलव १ किलोमिटर एभरेज रहेको कारमा सेफ्टीलाई बिशेष ध्यान दिइएको कोशी अटोकी सेल्स एक्ज्यूकेटीभ स्वाती शर्माले जानकारी दिइन् । सेलेरियो एक्समा डूअल एयर ब्याग,एबिएस र इबिडीको सुरक्षा प्रबिधि अपनाइएको बताइएको छ ।