पूर्वाञ्चल खबर
पहिलो चरणका खेलहरु सम्पन्न भएसंगै शुक्रबारबाट सेमिफाइनल खेलहरु सुरु हुनेछन ।
प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न खेलहरुमा प्रदेश नम्बर ४ र ५ बिजयी भएका छन । क्षेत्रिय भलिबल सङ्घको आयोजनामा इटहरी रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेलमा प्रदेश ४ ले प्रदेश ६ लाइ २५–६, २५–१६ र २५–२३ को सोझो सेटले पराजित गरेको छ । बिहिबार नै सम्पन्न दोसो्र खेलमा प्रदेश ५ ले प्रदेश २ लाइ २५–९, २५–९ र २५–१६ को सोझो सेटले नै पराजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत बिहिबार नै सम्पन्न तेस्रो खेलमा प्रदेश १ ले प्रदेश ७ लाइ २५–१९, २५–१७ र २५–२० ले पराजित गर्दा चौथो खेलमा प्रदेश ४ ले प्रदेश ५ लाइ २५–२३, २५–१५ र २५–२१ को सोझो सेटले नै पराजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेल प्रदेश ३ र प्रदेश ७ बिच हुनेछ । यस्तै शुक्रबारबाटै सेमिफाइनलका खेलहरु सुरु हुने प्रचारप्रसार समिति संयोजक तथा क्षेत्रिय भलिबल सघंका एक नम्बर प्रदेशका सदस्य बिक्रम थापाले जानकारी दिए। शनिबार सम्म चल्ने प्रतियोगितामा नेपालका सातवटा प्रदेशको सहभागिता रहको छ । प्रतियोगिताको बिजेताले २ लाख तथा उप विजेताले १ लाख पुरस्कार पाउनेछ ।