AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा तीन दिने महिला मञ्च हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७४, मंगलवार २०:२३
3
Shares
तिलकुमारी शर्मा
तिलकुमारी शर्मा
सामाजिक न्यायमा आधारित संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल संभव छ यसलाई संस्थागत गर्न सक्छौं भन्ने विश्वासका साथ ’’संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूल आधार, महिलाको आफ्नो शरीर,श्रम र पहिचानमा आफ्नो अधिकार’’ भन्ने मूल नाराका साथ महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले देशका ७ वटै प्रदेशमा प्रदेश स्तरिय महिला मञ्चको आयोजना गरेको छ । कार्यक्रम अनुसार प्रदेश नं १ स्तरिय महिला मञ्च आगामी फागुन ३० गतेदेखि चैत २ गते सम्म विराटनगरमा चल्ने छ ।

स्थानीय तहको निर्वाचन पछि महिलामुखी समाज निर्माण गर्न नव–निर्वाचित महिला जनप्रतिनिधिहरुको भूमिका र प्रतिबद्धताको लागि उक्त कार्यक्रम तय गरिएको हो । कार्यक्रममा स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरु, महिला मानव अधिकार रक्षक, विभिन्न सामाजिक आन्दोलनका अगुवाहरु, राजनीतिककर्मी,बुद्धिजीवीहरु, विभिन्न प्रकारका हिंसा पीडित व्यक्तिहरुबीचको विषेश सहभागिता रहने छ । आगामी दिनमा स्थानीय तह, निती निर्माण तह र महिला आन्दोलनले गर्नुपर्ने कामको पहिचान गरि नेतृत्वसँग कार्यान्वयन गर्ने प्रतिबद्धता लिई त्यसलाई लिपिबद्ध गर्ने उद्देश्यले महिला मञ्चको आयोजना गरेको हो।

प्रदेशको वस्तुस्थितिमा केन्द्रित रहेर कार्यक्रमको छलफल हुनेछ । जसमा प्रदेश नम्बर १ मा ’’महिलाको काम मूल्य सहितको काम, मर्या्दित काम’’, प्रदेश नम्बर २ मा ’’लोकतन्त्र र मानव अधिकारको चुनौती, परम्परामा आधारित हिंसा’’, प्रदेश नम्बर ३ मा भूकम्प पछिको पुनर्निर्माण, महिला मैत्री पुनः निर्माण’’, प्रदेश नम्बर ४ मा ’’महिला मैत्री पुनः निर्माण र सुरक्षित रोजगार’’ प्रदेश नम्बर ५ मा ’’संक्रमणकालीन न्याय र अबको बाटो’’, प्रदेश नम्बर ६ मा ’’महिलाको प्रजनन् तथा यौन स्वास्थ्यको अधिकार, प्रदेश विकासको मूल आधार’’ र प्रदेश नम्बर ७ मा ’’प्रदेशको अभिमानःलैंगिक समानता र आत्मसम्मान’’ जस्ता विषयवस्तु मुख्य सवालका रुपमा छलफल हुनेछन्।

महिला मानव अधिकार रक्षकहरुको सञ्जालले विगतदेखि नै महिलामाथि हुने हिंसा विरुद्ध,मानव अधिकार र सामाजिक न्याय,महिलाको आर्थिक,सामाजिक,सांस्कृतिक अधिकारको लागि देशका ७५ वटै जिल्लामा संगठित रुपमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको अवस्थामा यो कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमबाट महिलाको शरीर, श्रम र पहिचानका लागि स्थानीय रुपमा रहेका बाधाहरुको पहिचान गर्दै तीनको न्युनीकरणका लागि एकिकृत धारणा निर्माण समेत गरिने छ । तीन दिनसम्म छलफल हुने उक्त कार्यक्रमको पहिलो दिन ’लोकतान्त्रिक गणतन्त्र र सामाजिक सांस्कृतिक रूपान्तरणको अन्तरसम्बन्धः महिलाको स्थान,आउन सक्ने चुनौतीहरू, ध्यान र्पुयाउनुपर्ने क्षेत्रहरू र समुदाय तहदेखि सरोकारवालाहरुले गर्नुपर्ने तथा गर्न सक्ने कार्यहरु’ का बारेमा छलफल गरिने छ । त्यसैगरी दोश्रो दिन ’महिला मैत्री समाज निर्माण गर्न महिलाहरुको काम,श्रम,पहुँच,मूल्य सहितको काम र अबको बाटो’ भन्ने विषयमा केन्द्रित रहने छ । साथै तेश्रो तथा अन्तिम दिन ’सामाजिक न्यायमा आधारित समाज निर्माण कसरी गर्ने’ भन्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ।

विभिन्न विषयका विशेषज्ञहरूले सहजीकरण गर्नुहुने छ। जसमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा.रेणु अधिकारी,भद्रपुर न.पा.का उपमेयर चन्द्रा श्रेष्ठ, एक्सन एड की मालती मास्के, डा.खगेन्द्र प्रसाई, उषाकला राई लगायतले कार्यक्रममा सहजीकरण गर्नुहुने छ । प्रदेश नम्बर १मा पर्ने १४ वटै जिल्लाका गाँउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुख महिला सहभागीहरूको संख्या दुई सय भन्दा बढी हुने अनुमान गरिएको छ । स्टल समेत राखिएको
कार्यक्रमको अन्तिम दिन घोषणा पत्र निर्माण गरिने छ भने बिच बिचमा वृत्तचित्र समेत प्रदर्शन गरिने अवधारणा पत्रमा उल्लेख गरिएको छ ।

(महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले तयार पारेको अवधारणा पत्रमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर