AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित, सपथ बुधबार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७४, मंगलवार १८:३३
3
Shares
फाइल तस्वीर
काठमाडौं, २९ फागुन / राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । संविधान घोषणापछि ०७२ कात्तिकमा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारी अर्को दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

राष्ट्रपति चयनका लागि आज भएको निर्वाचन वर्तमान राष्ट्रपति भण्डारीले कांग्रेसकी कुमारी लक्ष्मी राईलाई पराजित गरेका हुन् । वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचिन भएकी हुन् । भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाइन् भने राईले ११ हजार ७ सय ३० मतभार पाएकी छिन् ।
९ वर्षीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो व्यक्ति भएकी छिन् । संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने व्यवस्था छ।

नेपालको पहिलो राष्ट्रपति भने रामवरण यादव हुन् । उनी ०६५ साउनदेखि ०७२ कात्तिकसम्म राष्ट्रपति बनेका थिए । पहिलो संविधान सभाको कार्यकाल सुरु भएपछि राष्ट्रपति भएका यादव दोस्रो संविधानसभाले संविधान निर्माण गरेपछि मात्रै राष्ट्रपतिबाट बाहिरिएका थिए ।

निर्वाचनमा संघीय संसदका ३ सय ३१ र प्रदेश सभाका ५ सय ३६ सदस्य मतदाता गरेका छन् । संघीय संसदको एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सांसदको मतभार ४८ रहेको छ ।
संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।
सपथ बुधबार अपरान्ह ४ बजे

नवनिर्वाचित राष्ट्रपति भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छिन् । सपथ ग्रहनको समय बुधबार अपरान्हे ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर