RUMPUM
animated ellipse animated ellipse

मंगलबारदेखि गुरुकुलमा एन्टीगोनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७४, सोमबार १९:३६
3
Shares
विराटनगर / आरोहण गुरुकुल विराटनगरमा मंगलबारदेखि नाटक एन्टीगोनी मञ्चन हुने भएको छ ।

ग्रीसेली नाटककार सोफोक्लिजद्वारा लिखित तथा राजन खतिवडाद्धारा निर्देशित नाटक एन्टिगोनी मण्डला थिएटरले आरोहण गुरुकुल र हामी यूवाको संयुक्त आयोजनामा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागेको हो ।

एन्टीगोनीलाई उत्कृष्ट दुखान्त नाटक मध्येको एक मानिन्छ । यही नाटकको नेपाली एडप्टेसन एन्टीगोनी मंगलबार, बुधबार र बिहिबार दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन गर्न लागिएको हो ।

नाटकमा सृजना सुब्बाले एन्टिगोनीको चरित्र निभाएकी छन् । नाटकमा सृजनाबाहेक रञ्जना वली, सोमनाथ खनाल, विकास जोशी, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन ।

नाटकलाई सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेका हुन । यसअघि काठमाडौमा मञ्चन भईसकेको सो नाटक भारतमा आयोजित थिएटर ओलम्पिक्समा पनि मञ्चन गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर