AArya
RUMPUM
animated ellipse animated ellipse

सनम हत्या काण्ड दोषीलाई कार्वाहीको माग गर्दै संघर्ष समिति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७४, सोमबार १७:३०
3
Shares
सनम शाक्य, फाइल तस्वीर
उर्लाबारी, २८ फागुन /मोरङको उर्लाबारी–७ का ३६ बर्षीय सनम शाक्यको हत्या काण्डको निष्पक्ष छानविन र दोषीलाई कानूनी कार्वाहीको माग गर्दै संघर्ष समिति गठन गरिएको छ ।

शाक्य बौद्ध समाज सेवा उर्लाबारीको पहलमा आज सर्वपक्षिय भेला गर्दै स्थानीय समाजसेबी कृष्ण प्रधानको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । जसमा ७ सदस्यीय सचिवाल समिति पनि बनेको छ । सचिवालयमा सचिन शाक्य, बाझाङ राई, अशोक जगेबु, कोमल शाक्य, इश्वरलाल उदास र धर्मराज शाक्य रहेका छन् । घटनाका मुख्य अभियुक्तको खोजी गरी कार्वाही गर्न माग सर्वपक्षिय समितिले माग गरेको छ ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले पनि घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई उन्मुक्रि दिन नहुने बताएका छन् । ‘घटनाका जो दोषी हुन्, उनीहरुलाई प्रहरी प्रशासनले छानविन गरी कार्वाही गर्नु पर्छ’ उनले भने । भेलामा सहभागी उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले घटनाका मुख्य अभियुक्तको पहिचान गरी कानूनी कार्वाही गर्नु पर्ने धारणा राखेका छन् ।

शाक्यको क्रुरतापूर्वक हत्या गरेको भन्दै हत्याका मुख्य दोषी गोरे वा रुपेश भनेर चिनिने ब्यक्ति चूडामणि उप्रेती भएको पीडित परिवारको आरोप छ । शाक्यको फागुन १८ गते विराटनगरमा चेकजाँचको क्रममा हत्या गरेको अवस्थामा दुई वटा गाडीसहित तीन जनालाई पक्राउ गरिएको थियो ।

प्रहरीले मोरङ उर्लाबारी– ७ बस्ने कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–४ का मने भनिने मोहन काफ्ले र काभ्रे मन्डन देउपुर गाउँपालिका १२ बस्ने टेकराज मल्ल ठकुरी पक्राउ गरी प्रहरीले संगठित अपराध तथा कर्तव्य ज्यान आरोपमा मोरङ अदालतमा म्याद थप गराएर अनुसन्धान गरिरहेको जनाएको छ । यसैबीच उक्त घटनाकै बिषयमा जोडिएका झापाको चारआलीका लाक्पा शेर्पालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसैबीच उर्लाबारी क्षेत्रका एक यूवाले आफू असुरक्षित भएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा आत्समर्पण गरेका छन् । उनका विषयमा पनि जिल्ला प्रहरी कार्यालय मोरङ छानविन भईरहेको छ ।

प्रहरी प्रशासनबाट प्रभावकारी अनुसन्धान नभएको भन्दै संघर्ष समिति नै बनाइएको हो । अबैध सुन कारोबारमा संलग्न रहेका सनमलाई उनका साथीहरुले हराएको ३२ केजी सुनको विषयमा कुरा गर्नुछ भन्दै लहान बोलाएको र सुधपुछका क्रममा विभिन्न ठाउँ घुमाउँदै उत्तरी मोरङको उर्लाबारीस्थित सोल्टि खोलाको किनारमा हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीले गरेको पत्रकार सम्मेलनमा खाद्यान्नका सामग्री, पकाउने भाँडा, पानी बोक्ने ड्रम, केही थान मोबाइल, व्याट्री, करेन्ट लगाउन प्रयोग हुने केही सामग्रीको साथमा केही लत्ताकपडा पक्राउ गरेको जनाएको छ । जसमा काभ्रेका टेकराज मल्ल ठकुरीले चलाएको बा १२ च ५९६३ नम्बरको सेतो रंगको स्कारपियो र उर्लाबारीका मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नम्बरको टाटाको गाडी पक्राउ परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर