RUMPUM
animated ellipse animated ellipse

६ लेन सडक परियोजना तीस प्रतिशत मात्र काम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७४, सोमबार १७:१६
3
Shares
फाइल तस्वीर
विराटनगर, २८ फागुन/ रानी विराटनगर इटहरी हुदै धरान जोडने ६ लेन सडक परियोजनाको ठेक्का चालु बर्षमा लगाइने भएको छ ।

परियोजना प्रमुख विनोदकुमार मौवारका अनुसार परियोजनाको ३९ किलोमिटर मध्ये ३४ किलोमिटर क्षेत्र निर्माणकालागि ठेक्का लागिसकेको छ । ठेक्का लाग्न बाकी रहेको क्षेत्र चालु बर्ष भित्र सक्ने लक्ष्य रहेको उनले बताए ।

उनका अनुसार परियोजनाकालागि चालु आर्थिक बर्षमा ६० करोड बजेट विनियोजन भएको छ । बजेट अपुग भएका कारण थप दश करोड माग गरिएको उनले बताएका छन् ।

२०७५ साल भित्र काम सक्नु पर्ने परियोजनाको समय सिमा सकिन एक बर्ष बाकी रहदा ५ किलोमिटर क्षेत्र ठेक्का लगाउन बाकी रहेको छ । मौवार साझेदार संस्थाले प¥याप्त सहयोग नगर्दा सोचे अनुसार काम नसकिएको बताए । परियोजनाको ३०.४० प्रतिशत काम सकिएको उनले बताए । उनका अनुसार दुहबी खण्डको बिवाद नमिल्दा ठेक्का प्रकृया लम्बिएको छ ।

जग्गा बिवाद नसुल्झीएका कारण समस्या भएको परियोजना प्रमुख विनोदकुमार मौवारले जानकारी दिए । मौवारका अनुसार सडकको विवाद मिलाउन स्थानीय र केन्द्र सरकारलाई समन्वय गर्न आग्रह गरिएको बताए । ‘हामी यही बर्ष परियोजनाको ४९ किलोमिटर क्षेत्र ठेक्का लगाउने प्रकृयामा छौ ।’ उनले भने ‘अब दुहबी क्षेत्रमा केही समस्या छ ।’ न्यूनतम मापदण्डमा ३० मिटर हुनुपर्ने भएकाले दुहबीमा पनि हाल सोही कायम गर्न लागिएको उनको भनाई छ । परियोजना अन्तरगत दुहवी क्षेत्रमा १७ मिटर मात्र सडक रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर